चन्द्रागिरीलाई बाबुको सम्पती बनाउने चन्द्रको यस्तो योजना,सरकारी सम्पतीलाई निजीकरण गराउन सहयोग गर्नेको यस्तो छ नालीबेली



व्यापारीको मुलक हुदैन कुनै धर्म हुदैन जात हुदैन यो धुर्ब सत्य हो । तर व्यपारको पनि आफ्नै मुल्य मान्यता र संस्कारका साथमा एउटा नैतीक धार्मीक सामाजीक जीम्मेवारी हुन्छ । तर त्यही धर्मको नाममा भ्रामक योजना राख्दै भगवानलाई नै बेच्न खोज्नु पाप हो । सदीयै देखी आम जनताले मान्ने गरेको शीलालाई उखेलेर शीलाको ठाउमा मन्दीर बनाएर जनता झुक्काउन खोज्नु एउटा जघन्य अपराध हो । किनकी सवाल मन्दीर बनाउनुसंग होईन । सवाल मन्दीर किन बनाईयो भन्ने हो । साच्चीकै मन्दीरको दर्शनका निम्ती हो या मन्दीरलाई व्यापारको मुख्य योजना बनाईएको हो यो बुझ्न आवश्यक छ ।

सूरुमा स्थानीय बासिन्दालाई क्षमता अनुसारको काम दिने भन्दै विभिन्न प्रलोभन देखाएर चन्द्रागिरीको डाँडोलाई अधिकरण गर्न सफल भएपछि अहिले स्थानीयबासिन्दालाई सो हिल्समा पियनको भन्दा अरु अधिकार समेत दिएको छैन । सो हिल्सका अध्यक्ष चन्द्र ढकालकै समुहको योजनामा हिल्सले प्रयोग गरेको जमिनलाई व्यक्तीगत बनाउने योजनाकासाथ अगाडी बढाएको समेत थाहा हुन आएको छ ।

 

स्थानीय बासिन्दाको क्षमता अनुसार सो हिल्समा काम गर्न दिएमा भित्रि योजना स्थानीयले थाहा पाउने भएको भन्दै औपचारीक गराउनकै लागि पियनकोभन्दा अरुमा जागीर नदिएको समेत बुझिन आएको छ । सो समुहले चन्द्रागिरी डाँडामा केवलकार निर्माण गर्दाआम जनताको धार्मिक तथा सांस्कृतिक आस्थामाथि समेत खेलवाड त गरे तर स्थानीय बासिन्दालाई समेत भ्रममा पारेर आफ्नो इच्छा पुरा गरेको स्थानीय बासिन्दाहरुको आरोप रहेको छ ।

स्थानियबासि तथा मुलुकभरबाट आउने भक्तजनले बषौदेखि पुज्दै आएको शिवजी असली मुर्ति उखेलेर लगी सो स्थानमा नक्कली शिव लिङ्ग राखी नयाँ मन्दिर बनाएको आरोप लागेको छ । सो आरोपका बारेमा पटकपटक सो हिल्सका अध्यक्ष ढकालसंग सम्र्पक गर्दा उनी सम्र्पकमा आउनै चाहेनन् भने म्यासेजको समेत कुनै सम्बोधन समेत नगरेकाले सो डाँडामा केबुलकार निमार्णगर्नु भनेको त्यहाँको पुराना बस्तुहरुको ओसारप्रसार गर्नुनै रहेको प्रष्ट भएको छ । सो समुहले पुरानो मुर्ति र बहुमुल्य पत्थरलाई रातारात छिमेकी देश भारतमा लगी बेचेको समेत आरोप उनीहरुमाथी लागेको छ ।

 

चन्द्रागिरि डाँडामा रहेको पुरातत्वको सयौं वर्ष पुरानो चौमुखे शिवको मुर्तिलाई अहिले त्यहाँ नभएको र सो स्थानमा नक्कली मुर्ति राखिएको दाबी स्थानीय बासिन्दाहरुको रहेको छ । सो कम्पनीले सुरुमा मुर्ति उखेल्न स्थानियले नदिएपछि उसले पछि मन्दिर निर्माण सम्पन्न भए लगत्तै सोही स्थानमा पुनःमुर्ति स्थानमा गर्ने सहमती पाएसंगै सक्कली मुर्तिलाई अनेत्र लगि सो स्थानमा नक्कली ढुंगालाई गाडिएको खुलासा भएको छ ।

हिल्सका जिम्मेवार कर्मचारीले नाम नबताउने सर्तमा भने पुरानो मुर्तिसो स्थानमा नराखी त्यहाँ नक्कली शिवलिङग सहित नयाँ मन्दीर राखेको स्वीकारेका छन् । सो हिल्सका अर्का एक कर्मचारीले नाम गोप्यराख्ने सर्तमा भने, यहाँ पुरानो सानो शिवको मुर्ति थियो त्यो केबुलकारको भौतिक संरचना बनाउने क्रममा खै कसले काहाँ लगे कोटकै खल्तीमा अट्ने तर अलौकिक फरक खालको मुर्ति भोलीपल्ट हामीले देखेनौ, पछि स्थानीयले भालेश्वरको मुर्ति स्थापना गर्नुपर्छ भनेपछि ढुंगा लगेर गाडेर विरोधलाई समधान गरेका हो ।

यसरी धार्मिक आस्था जोडिएको सो क्षेत्रमा व्यापार गर्ने उदेश्यले धर्ममाथीनै खेलवाड गर्दा समेत सम्बन्धित निकाय मौन रहेको छ । डाडामा ठूला नेतादेखि सरकारी कर्मचारीलाई निःशुल्क घुमाउदै आएको सो कम्पनीले भने सर्वसाधारणलाई चर्काे शुल्क असुली गरेर ठग्ने गरेको छ । एकातर्फ धार्मिक आस्थामाथी खेलवाड गरेको छ भने अर्कोतर्फ कानुन विपरितका कार्य समेत सो कम्पनीले गर्र्दै आएको छ ।

 

चन्द्रागिरी डाँडामा सँदियौ देखि सर्वसाधारणपूजा गर्न जाने गरेका थिए र वर्षमा एक पटक मेला लाग्ने गरेको थियो । त्यसैले त्याँहा पूजा गर्ने एउटा मुर्ति चन्द्रागिरी केबुलकार बनाउनेक्रममा हराएको छ । स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार पूर्व तर्फ फर्किएको सो मुर्तिको वरीपरि पुराना घण्टीहरु राखिएको थियो । तर, चन्द्रागिरी केवलकार सञ्चालकले मन्दिर बनाउने क्रममा सो मुर्ति र घण्टीलाई उखलेर गायव बनाएको र सो स्थानभन्दा पछाडी खोल्साको ढुंगा लगी रातारात गाडेको पाईएको छ ।

गाँउलेहरुले पूरानो पूजा गर्ने शिवको मुर्तिसंगै घण्टहरु समेत नभएको र नँया मन्दिर बनाएर जनताको धार्मिक आस्थामाथि खेलवाड गरेको आरोप उनीहरुमाथी लगाएका छन् । काठमाडौंबाट पैदलै हिडेर ढेड घण्टामा पुगिने र सवारी साधनबाट समेत जान सकिने सो ठाँउमा हिल्सले व्यापारीक प्रयोजनमा सो डाँडो प्रयोग गरेको हो । वर्षमा एक पटक मेला लाग्ने गरेकाको सो स्थानमा केबलकार बनेपछि सो मेला समेत गर्न दिइएको छैन । यही चन्द्रागिरी डाँडामा केवलकार बनाएर पैसा कमाउने लक्ष्य राखेको चन्द्रागिरी हिल्सले डाँडामा मानिसलाई पटकपटक पु¥याउने जुक्तीत लगायो तर धार्मिक आस्थालाई समेत खेलवाड गरेर नक्कली मन्दिर निर्माण गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ ।

स्थानीय मान्छे अहिले पनि पछि गाडिएको ढुंगालाई पूजा गर्दै आएका छन् । साथै उहिलेदेखि राखिएको घण्टीहरु र पुराने त्रिशुल समेत अहिले सो स्थानमा नभएको र नयाँ नक्कली बनाएर बेहाल अबस्थामा राखिएकोे स्थानीयबासिन्दाको गुनासो रहेको छ । पवित्र थलोमाथि यसरी लापरवाही भई रहदाँ समेत सरकारले सो बारे कुनै अनुसन्धान समेत गर्ने आँट गरेको छैन । सरकारले कसरी चन्द्रागिरीलाई यत्रो डाडा फाड्ने काममा सहमति दियो भन्ने कुरा समेत स्थानीय बासिन्दाले बुझ्न नसकेको बताएका छन् । विरोध पछि भालेस्वरनै नाम राखिएपनि असली मुर्ति, घण्ट, त्रिशुल र पृथ्वीनारायण शाहाले राखेको शिलालेख समेत हराएको स्थानीयबासिन्दाको दाबी रहेको छ । तर, मन्दिरको बाहिर रहेको ठूलो घण्टीमा उसले इच्छापुरेस्वर महादेव लेखेको छ, जो अहिले पनि हटाईएको छैन् ।

यस विषयमा सो कम्पनीका मिडिया कोडिर्नेटर तथा आईएमईका कर्मचारी राजु पौडेललाई पटक÷पटक फोन र म्यासेज पठाउदा समेत उनी सम्र्पकमा आएनन् । भने सोही आरोपमाथी के हो यर्थात भन्ने बारे बुझ्न पटकपटक म्यासेज पठाउदाँ पनि सो कम्पनीका प्रमुख चन्द्र ढकालले समेत केही प्रतिकृया दिन चाहेनन् । यसबाट के प्रष्ट हुन्छ भने स्थानीय बासिन्दाले लगाएको आरोपमाथी कुनै जवाफ सम्बन्धित निकायले नचाहेपछि सो स्थानबाट असली मुर्ति, घण्ट, त्रिशुल र शिलालेख छिमेकी देश भारतमा लगी बेचेको प्रष्ट हुन आएको छ ।

सर्वसाधारणको तीर्थ र मेला स्थलको रुपमा रहेको सरकारी जग्गालाई न्युनतम शुल्क तिरेर संरचना बनाई सिण्डिकेट व्यापार गरीरहेको चन्द्रागिरी हिल्सले मन्दिरका नाममा समेत व्यापार गरेकोमा सर्वसाधारणले निकै ठूलो आक्रोस पोखेका छन् । चारै तिर असन्तुष्टि र विरोध बढ्न थाले पछि हिल्सले सुरक्षा व्यवस्थाका लागि प्रहरीको पोष्ट नै राख्न माग गर्दै आएको छ । रोशन कार्कीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको