चितवनको खैरहनी पर्सामा मेट्स एजुकेशनको शाखा विस्तार



हाम्रो इकोनोमि

 

कात्तिक १०, चितवन । पूर्वी चितवनको खैरहनी स्थित पर्सामा मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले शाखा विस्तार गरेको छ । मुख्य कार्यालय काठमाडौँको पुतलीसडकमा रहेको मेट्सले चौथो शाखाको स्थापना गरेको हो ।

 

बिहीबार एक कार्यक्रमका बिच इक्यान चितवनका अध्यक्ष जीवन रिजाल र निर्वतमान अध्यक्ष सोमबहादुर कडेलले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै इक्यान चितवनका अध्यक्ष रिजालले संस्थाले व्यावसायिक रूपमा मात्र नभई यथार्थ परक रूपमा परामर्श दिनुपर्ने बताएका थिए । सो अवसरमा अस्ट्रेलिया मेलबन शाखा प्रमुख शङ्कर धरेलले आफ्नो संस्थाले विदेश पठाउने मात्र नभई सक्षम व्यक्ति पनि बनाउने दाबी गरे ।

 

उक्त कार्यक्रममा मेट्सका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले विधार्थी र अभिभावकलाई सही सूचना दिई लगानी सुरक्षित गर्ने काममा मेट्सले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । उनले मेट्स मार्फत ९५ प्रतिशत विधार्थी अस्ट्रेलिया तथा ५ प्रतिशत विधार्थी अन्य मुलुक जाने गरेको पनि बताए ।

 

चितवनको नारायणगढ, पोखरा र हाल चितवनको पर्सामा शाखा स्थापना गरिसकेको मेट्स एजूकेशनलले बुटवलमा पनि शाखा विस्तार गर्ने तयारी गरिरहेको प्रबन्ध निर्देशक पाण्डेले उक्त कार्यक्रममा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...