चितवनको खैरहनी पर्सामा मेट्स एजुकेशनको शाखा विस्तार



हाम्रो इकोनोमि

 

कात्तिक १०, चितवन । पूर्वी चितवनको खैरहनी स्थित पर्सामा मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले शाखा विस्तार गरेको छ । मुख्य कार्यालय काठमाडौँको पुतलीसडकमा रहेको मेट्सले चौथो शाखाको स्थापना गरेको हो ।

 

बिहीबार एक कार्यक्रमका बिच इक्यान चितवनका अध्यक्ष जीवन रिजाल र निर्वतमान अध्यक्ष सोमबहादुर कडेलले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै इक्यान चितवनका अध्यक्ष रिजालले संस्थाले व्यावसायिक रूपमा मात्र नभई यथार्थ परक रूपमा परामर्श दिनुपर्ने बताएका थिए । सो अवसरमा अस्ट्रेलिया मेलबन शाखा प्रमुख शङ्कर धरेलले आफ्नो संस्थाले विदेश पठाउने मात्र नभई सक्षम व्यक्ति पनि बनाउने दाबी गरे ।

 

उक्त कार्यक्रममा मेट्सका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले विधार्थी र अभिभावकलाई सही सूचना दिई लगानी सुरक्षित गर्ने काममा मेट्सले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । उनले मेट्स मार्फत ९५ प्रतिशत विधार्थी अस्ट्रेलिया तथा ५ प्रतिशत विधार्थी अन्य मुलुक जाने गरेको पनि बताए ।

 

चितवनको नारायणगढ, पोखरा र हाल चितवनको पर्सामा शाखा स्थापना गरिसकेको मेट्स एजूकेशनलले बुटवलमा पनि शाखा विस्तार गर्ने तयारी गरिरहेको प्रबन्ध निर्देशक पाण्डेले उक्त कार्यक्रममा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...