आन्तरिक राजश्व २४ प्रतिशतले वृद्धि



हाम्रो इकोनोमि

चालू आर्थिक वर्ष २०७४÷७५ को पहिलो तीन महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार गत आवको तुलनामा चालू आवको असोज महिनासम्मको राजश्व संकलनको लक्ष्य रु ५१ अर्ब ३३ करोड ९९ लाख २२ हजार रहेकामा रु ५१ अर्ब ६२ करोड ९७ लाख १३ हजार संकलन भएको हो ।

शीर्षकगतरुपमा आयकरतर्फ रु २० अर्ब ७३ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु १८ अर्ब ३२ करोड २७ लाख ५२ हजार र अन्तःशुल्कतर्फ रु १२ अर्ब ८१ करोड ९३ लाख ३८ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९७ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ १०३ प्रतिशत र अन्तःशुल्कतर्फ १०३ प्रतिशत हो ।

शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु २० करोड २२ लाख ८४ हजार र रु २७ करोड ७९ लाख ५७ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्य सेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तःशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । आन्तरिक राजश्व विभागलाई चालु आवका लागि रु दुई खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख ४५ हजार लक्ष्य तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...