पोखरा पुगेर प्रचण्डले भने वाम गठबन्धनलाई कांग्रेसले सराप्ने होइन अगरबत्ती बालेर पुजा गर्नुपर्छ



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनकै कारण कांग्रेस एकतावद्ध भएको बताएका छन्।

शुक्रबार पोखरामा कार्यक्रर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गुट र उपगुटमा विभक्त कांग्रेस वाम गठबन्धनकै कारण एक ठाउँमा उभिएको दावी गरे।

अध्यक्ष प्रचण्डले वाम गठबन्धनले कांग्रेसलाई गुन लगाएका कारण गठबन्धनसँग नतर्सन अनुरोध समेत गरे। ‘वाम गठबन्धनकै कारण कांग्रेस एकतावद्ध भएको छ’, उनले भने, ‘फोरम लोकतान्त्रिक कांग्रेसमा मिल्नुको जस यो गठबन्धनलाई जान्छ।’ उनले गठबन्धनले कांग्रेसलाई फाइदा गरेको बताए।

गठबन्धनप्रति इमान्दार हुन कार्यकर्तालाई निर्देशन

अध्यक्ष प्रचण्डले वाम गठबन्धनप्रति इमान्दार भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। ‘राष्ट्रिय आवश्यकताका कारण यो गठबन्धन बनेको हो’, ‘अरुले जेसुकै गरे पनि माओवादीका कार्यकर्ता योगठबन्धनप्रति इमान्दार बन्नै पर्छ।’

एमाले र माओवादी केन्द्र दुई पार्टी एकीकरणको प्रक्रियामा गएको भन्दै उनले पार्टी एकता संयोजन समितिले एकताको प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए।

एमाले र माओवादीको एकता समाजवाद प्राप्तिका लागि भएको भन्दै उनले समाजबादको आन्दोन सानो समूह र पार्टीले गर्ज नसक्ने जिकिर गरे। ‘समाजवाद प्राप्त गर्ने हो भने सबै वामपन्थी प्रगतिशीलहरु एकै ठाउँमा नभइ र ठूलो पहलकदमी नलिइ हुँदैन’, उनले भने ‘नयाँ तरंग ल्याउने हो भने एउटा केन्द्रतिर जानुपर्छ भनेर हामीले नै पहल गरेका हौं, समाजवादको यात्रा सानो चित्तले सानो गुटले सानो पार्टी र पहलले हुन सक्दैन।’

सर्वोच्चको आदेशले निर्वाचन रोकिँदैन

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको आदेशले निर्वाचनका बारेमा आशंका पैदा गरेपनि निर्वाचन भने नरोकिने दावी गरे। उनले भने, ‘सर्वोच्चको फैसलालाले केही आशंका पैदा गरेको छ, तर निर्वाचन हुन्छ तपाईंहरु तयारीमा लाग्नूस्।’ उनले आफूहरुले निर्वाचनको सुनिश्चिततका लागि हिजै पत्रकार सम्मेलन गरिसकेको जानकारी समेत दिए।

उनले अदालतको आदेशलाई आफूहरुले सम्मान गर्ने भन्दै उनले निर्वाचनको मिति भने दायाँबायाँ नहुने बताए।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको