प्रचण्डले यसरी पाए टिकट,एमालेले तगारो हाले पछी बादल आउट



हाम्रो इकोनोमि

एमाले–माओवादी केन्द्रको वाम गठबन्धले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र टुंगो लगाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिनिधि सभा निर्वाचनमा चितवन – ३ बाट उम्मेदवारी दिने छन् । चितवनको निर्वाचन क्षेत्र नं. ३ प्रचण्ड आफैले रोजेका हुन् ।

एमालेले चितवनमा क्षेत्र नम्बर १ र २ पाएको छ । एमालेले पाएको क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री समेत रहेका एमालेका नेता सुरेन्द्र पाण्डेले उम्मेदवारी दिने छन् ।

क्षेत्र नम्बर २ मा एमाले जिल्ला अध्यक्ष समेत रहेका पूर्वसांसद कृष्णभक्त पोखरेलको टिकट टुंगो लागि सकेको स्रोतले जनाएको छ ।

चितवनको क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता रामबहादुर थापाले उम्मेदवारी दिने इच्छा देखाएका थिए । तर, वाम गठबन्धनको कार्यदलमा छलफल हुँदा थापाको नाम काटिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...