प्रचण्डले यसरी पाए टिकट,एमालेले तगारो हाले पछी बादल आउट



हाम्रो इकोनोमि

एमाले–माओवादी केन्द्रको वाम गठबन्धले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र टुंगो लगाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिनिधि सभा निर्वाचनमा चितवन – ३ बाट उम्मेदवारी दिने छन् । चितवनको निर्वाचन क्षेत्र नं. ३ प्रचण्ड आफैले रोजेका हुन् ।

एमालेले चितवनमा क्षेत्र नम्बर १ र २ पाएको छ । एमालेले पाएको क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री समेत रहेका एमालेका नेता सुरेन्द्र पाण्डेले उम्मेदवारी दिने छन् ।

क्षेत्र नम्बर २ मा एमाले जिल्ला अध्यक्ष समेत रहेका पूर्वसांसद कृष्णभक्त पोखरेलको टिकट टुंगो लागि सकेको स्रोतले जनाएको छ ।

चितवनको क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता रामबहादुर थापाले उम्मेदवारी दिने इच्छा देखाएका थिए । तर, वाम गठबन्धनको कार्यदलमा छलफल हुँदा थापाको नाम काटिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...