यी हुन् मन्त्री बनिसकेका तर मुख्य मन्त्री बन्न ज्यान फालेर लाग्नेहरु,कस्तो अबस्था कस्तो?



मन्त्रीपरिषदमा पुगिसकेका र केन्द्रीय संसदको सदस्य भइसकेका नेताहरु मर्यादाक्रममा त्यो भन्दा तल रहने प्रदेश सभाको सदस्य समेत बन्न तम्तयार देखिएका छन्।

‘डिमोसन’ भएपनि प्रदेश सभाको सांसद बन्ने रहर गर्नेमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु छन्, जसमध्ये केही प्रदेशको मुख्यमन्त्रीका दावेदार हुन्।

माओवादी केन्द्रको तर्फबाट वर्तमान सरकारमा विना विभागीय मन्त्री रहेका निवर्तमान उर्जामन्त्री महेन्द्रबहादुर शाही यस पटक कालिकोट (ख) बाट प्रदेश सभाको उम्मेदवार बनेका छन्। २०७० को संविधान सभा निर्वाचनमा कालिकोटबाट निर्वाचित भएका थिए।

व्यवस्थापिका–संसदको सदस्य र मन्त्री समेत भइसकेका कांग्रेस नेता जीवनबहादुर शाहीपनि प्रदेश सभामा प्रतिस्पर्धा गर्दैछन्।

२०७० को निर्वाचनमा हुम्लाबाट निर्वाचित सभासद् शाही त्यसपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए।

२०५१ को निर्वाचनमा जाजरकोटबाट निर्वाचित सांसद दीपकजंग शाहलेपनि प्रतिनिधि सभाको साटो प्रदेश सभा रोजेका छन्।

 

महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, पृथ्वीसुब्बा गुरुङ, शेरधन राई, राजेन्द्रप्रसाद पाण्डे

जाजरकोट (ख) बाट कांग्रेस उम्मेदवारको रुपमा शाहले प्रतिस्पर्धा गर्दैछन्।

२०५६ मा बाजुराबाट प्रतिनिधि सभामा निर्वाचित जनकराज गिरिपनि यसपटक प्रदेश सभामा प्रतिस्पर्धा गर्दैछन्।

गिरि बाजुरा (ख) मा कांग्रेसका प्रतिस्पर्धी बनेका छन्। गिरिपनि पूर्व सहायकमन्त्री भइसकेका व्यक्ति हुन्।

एमाले र माओवादी केन्द्रबाट पनि मन्त्री, संसद र संविधान सभामा सांसद भईसकेकाहरु पनि घटुवा भएर प्रदेश सभामा पुग्न चाहनेहरुको सूची लामो छ। वाम गठबन्धनको उम्मेदवारका रुपमा उनीहरु प्रदेशसभामा भिड्दैछन्।

२०६५ अघि पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका एमाले सचिव पृथ्वीसुब्बा लमजुङ (ख) बाट प्रदेश सभामा प्रत्यासी बनेका छन्।

२०४३ देखि लगातार संसदमा उम्मेदवार रहँदै आएका एमाले नेता गुरुङ ०६४ मा लमजुङ २ बाट निर्वाचित भएका थिए।

केपी ओली नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री रहेका एमाले नेता शेरधन राईलेपनि प्रतिनिधि सभाको साटो प्रदेश सभा रोजेका छन्।

२०५६ र ०७० मा भोजपुरबाट संसदमा निर्वाचित राई यस पटक भोजपुर (ख) बाट प्रदेश सभामा प्रतिस्पर्धा गर्दैछन्।

एमाले नेता राजेन्द्रप्रसाद पाण्डेको रोजाईपनि प्रतिनिधि सभा भन्दा प्रदेश सभा बनेको छ।

०६४ बाहेक २०४८ यता धादिङबाट लगातार संसदमा निर्वाचित पाण्डे यसपटक धादिङ १ (क) बाट प्रदेश सभाको उम्मेदवार बनेका छन्। उनीपनि पूर्वमन्त्री हुन्।

२०५६ मा मुगुबाट निर्वाचित एमाले सांसद रहेका चन्द्रबहादुर शाही यसपटक जिल्लाको प्रदेश सभा २ बाट प्रतिस्पर्धा गर्दैछन्।

पाँचथर (ख) बाट प्रदेश सभाका प्रत्यासी रहेका गणेशकुमार काङमाङपनि पूर्व सांसद हुन्।

माओवादी केन्द्रबाट ताप्लेजुङ १ बाट प्रदेश सभाका उम्मेदवार बनाइएका टंक आङबुहाङ पनि पूर्व सांसद हुन्।

माओवादी शान्तिप्रक्रियामा आएपछि उनी अन्तरिम व्यवस्थापिका– संसदको सदस्य बनेका थिए।

संखुवासभा १ बाट २०६४ को संविधान सभा निर्वाचनमा विजयी भएका पूर्णप्रसाद राई यसपटक प्रदेश सभामा जिल्लाको ‘ख’ निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेका छन्।

सिन्धुपाल्चोक २ (क) का माओवादी उम्मेदवार दावा लामापनि २०६४ को निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर ३ बाट निर्वाचित संविधान सभा सदस्य हुन्।

यसबाहेक माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छँदा कृषि राज्यमन्त्री रहेकी राधिका तामाङपनि निवर्तमान व्यवस्थापिका– संसद सदस्य हुन्।

नुवाकोट १ (ख) बाट उम्मेदवार रहेकी उनी यसअघि समानुपातिक सांसद थिइन्।

२०६४ को निर्वाचनमा एमाले नेता राजेन्द्र पाण्डेलाई पराजित गरी संविधान सभामा पुगेका शालिकराम जमरकट्टेल यसपटक धादिङ १ (ख) बाट वाम गठबन्धनको उम्मेदवार बनेका छन्।

रोचक त के भने, धादिङ १ (क) निर्वाचन क्षेत्रबाट वाम गठबन्धनबाट एमालेका राजेन्द्र पाण्डे उम्मेदवार बनेका छन्।

२०६४ र ०७० का यी दुई चर्चित प्रतिस्पर्धीहरु यसपटक फरकफरक प्रदेश सभा, तर एउटै गठबन्धनबाट उम्मेदवार बनेका छन्।

२०६४ मा गोर्खा ३ बाट निर्वाचित संविधान सभा सदस्य अमर तमुले पनि प्रदेश सभा रोजेका छन्।

उनी बाबुराम भट्टराई उम्मेदवार रहेको गोर्खा २ को ‘ख’ निर्वाचत क्षेत्रका उम्मेदवार छन्। कांग्रेस गठबन्धनबाट त्यो क्षेत्र नयाँशक्तिले पाएको छ।

प्रतिनिधि सभामा एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्ला (ख) निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रबाट नरेश भण्डारी प्रदेश सभाको उम्मेदवार बनेका छन्।

भण्डारीपनि २०६४ को निर्वाचनमा जुम्लाबाट निर्वाचित संविधान सभा सदस्य हुन्।

यी मध्ये कतिपय नेताले प्रतिनिधि सभाको टिकट नपाएकाले प्रदेश सभाको उम्मेदवार बनेका हुन् भने कतिपय चाहिँ मुख्यमन्त्रीको दावेदारीका लागि प्रदेश सभा रोजेका हुन् ।

जस्तो, हुम्ला ‘ख’ कांग्रेस प्रत्यासी रहेका पूर्वमन्त्री शाही प्रदेश नं ६ का मुख्यमन्त्रीका दावेदार हुन्।

एमालेको तर्फबाट लमजुङ (ख) का प्रत्यासी पूर्वमन्त्री गुरुङ प्रदेश नं ४ र भोजपुर (ख) का राई प्रदेश नं १ का मुख्यमन्त्रीका दावेदार हुन्।

माओवादी केन्द्रबाट पनि मुख्यमन्त्रीको दावीका साथ प्रदेश सभा रोज्नेहरु छन्।

त्यसमध्ये प्रदेश ६ को मुख्यमन्त्री दावी गर्दै मन्त्री महेन्द्रबहादुर शाही कालिकोट (ख) बाट जुम्ला (क) बाट नरेश भण्डारी उम्मेदवार बनेका छन्।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको