स्थानीयकै श्रम र लगानीमा गाउँमा विजुली



हाम्रो इकोनोमि

स्थानीयको श्रमदान र लगानीमा पाल्पाको माथागढी गाउँपालिका गोठादीमा विद्युत् विस्तार भएको छ । वर्षौंसम्म टुकीको भरमा जीवन गुजारा गरेका यहाँका स्थानीयवासीले आफ्नै श्रमदान र लगानीमा अहिले गाउँमा बिजुली बत्ती बाल्न सफल भएका छन् ।

सिंगो गाउँ नै झलमल हुने गरी ३० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाबाट बिजुली बलेपछि अहिले गाउँ नै उज्यालोमय बनेको छ । यहाँ नेपाल विद्युत् प्राधिकरणद्वारा वितरित विद्युत् पुग्न अझै वर्षौं लाग्नेछ तर स्थानीयको श्रमदान, लगानी र अथक मेहनतमा गाउँमा बिजुली बाल्न सफल भएको उपभोक्ता समितिका रनबहादुर खाम्चा बताउनुहुन्छ ।

गाउँका करिब ३०० घरपरिवारमा २४ सै घण्टा बत्ती बाल्ने सुविधा उपभोग गर्न पाएपछि स्थानीय उपाभोक्ता निकै उत्साहित भएका छन् । यहाँका एक घरपरिवारबाट झण्डै ३०० दिन श्रमदान र रु ३४ हजारका दरले रकम संकलन गरेर गाउँ उज्यालो पारेका हुन् । आयोजना सम्पन्न गर्नका लागि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रवाट रु ५२ लाख सहयोग प्राप्त भएको उपभोक्ता समितिका खाम्चाले जानकारी दिनुभयो ।

गाउँमा विद्युतीकरण भएपछि बिजुली बाल्न मात्र नभई मोबाइल चार्ज गर्न, रेडियो बजाउन, टिभी हेर्न, विद्यार्थीलाई पठनपाठन गर्न सजिलो भएको स्थानीय प्रेमबहादुर घर्ती बताउनुहुन्छ । टुकी बालेको भरमा आफ्नो जीवन चलाउने गाउँका जनतालाई उज्यालो मात्र भएको छैन, बिजुलीलाई आयमूलक कार्यमा लगाउन पनि पाएका छन् ।

बिजुलीको सुविधा पुगेपछि गाउँमा अहिले होटललगायतका विभिन्न व्यवसाय चलाउन सजिलो भएको होटल व्यवासायी भक्तबहादुर खाम्चाको भनाइ छ ।

खाद्यान्नका वस्तु कुटानी पिसानी गर्न, खाना पकाउन निकै सजिलो भएको इन्दिरा खाम्चाले बताउनुभएको छ । “पहिलापहिला रातभरि ढिकी जाँतो गरेर गुजारा चलाउनु पथ्र्यो, अहिले गाउँमा बिजुली आएपछि यो समस्या सदाका लागि हटेको छ” उहाँले भन्नुभयो ।

स्थानीयको जनश्रमदान र स्थानीयबाटै संकलित रकमबाट सम्पन्न जलविद्युत् आयोजनाबाट उद्योग सञ्चालनको लागि स्थानीय जनतासमक्ष गाउँपालिकाले सहजीकरण गर्ने र बाँकी खपत हुन नसकेको विद्युत् प्राधिकरणलाई बिक्रीका लागि गाउँपालिकाले समन्वयको भूमिका निर्वाह गर्र्ने योजना रहेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा बताउनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...