डा. केसीका माग सम्बोधन हुन्छ : स्वास्थ्य मन्त्री बोहरा



हाम्रो इकोनोमि

नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले आज प्रा डा गोविन्द केसीलाई भेटी उहाँले राखेका माग आजै सम्बोधन हुने बताउनुभएको छ ।

केसीसँगको भेटमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले अध्यादेश जारी गरी चिकित्सा शिक्षा ऐन ल्याउने तयारी गर्दै हुनुहुन्छ । यसबारे विज्ञहरुसँग उहाँले छलफल गरी राय लिइरहुनभएको छ ।”

डा केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १४ दिनदेखि चिकित्सा शिक्षा र सेवाको सुधारलगायतका माग राखी १३ औँ अनशनमा हुुनुहुन्छ । मन्त्री बोहराले डा केसीलाई स्वास्थ्यसँग सम्बन्धित विषयमा मन्त्रालय सकारात्मक रहेको र अन्य विषयमा सहमति जुटाई आजै माग सम्बोधन हुने विश्वास दिलाउनु भएको थियो ।

डा केसीले सरकारका तर्फबाट हरेक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृतिका कारण आफू ढुक्क हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “धेरै पटक धोका भयो, अब कार्यान्वयन सुनिश्चित नहुन्जेल सम्झौता गर्दैनौँ ।”

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले शिक्षामन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, प्रा केदारभक्त माथेमा र डा केसीका वार्ता समिति सदस्य डा अभिषेकराज सिंहसँग वार्ता गरिरहनुभएको छ ।

यही कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश जारी गरी ऐन ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...