देउवाले मध्यराति माओवादी मन्त्रीलाई यसरीगर्दै छन बर्खास्त, यस्तो छ माओबादी मन्त्रीलाई ठेगान लगाउने अन्तिम तयारी



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरूलाई मंगलबार मध्यराति बर्खास्त गर्ने तयारी गरेका छन् ।

आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउन प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गरेको आग्रहको अटेर भएपछि देउवाले मध्यराति मन्त्रीहरू हटाउने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।

सत्ता गठबन्धन त्यागेर माओवादीले एमालेको पुच्छर बनेर वाम गठबन्धन बनाएपछि रिसाएका प्रधानमन्त्री देउवाले प्रचण्डलाई आफ्ना मन्त्री फिर्ता बोलाउन दवाव दिइरहेका छन् । तर, प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीको दवावमा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउन आलटाल गरेका छन् ।

उता, राजपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेश र प्रतिनिधि सभाको एउटै मत पत्र बनाउन माग गरेर सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई सुरु भएको छ । स्रोतका अनुसार सर्वोच्चको अन्तिम फैसला आएपछि सोही अनुसार भावी रणनीति बनाउने तयारीमा प्रधानमन्त्री देउवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...