देउवाले यसरी पारी आठ मन्त्रीलाई अलपत्र,बिचल्लीमा परेका मन्त्री के गर्दै दिन कटाउछन्



सर्वत्र विरोधका बीच इतिहासकै जम्बो मन्त्रिपरिषद गठन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उपप्रधानमन्त्रीसहित आठ जना मन्त्रीलाई बिचल्लीमा पारेका छन् । प्रधानमन्त्री देउवाले शपथको चार दिन भइसक्दा पनि ती मन्त्रीहरुलाई अझै कार्यालय व्यवस्थापन गर्न सकेका छैनन्।

गत शनिबार नियुक्त भएका राप्रपाका चार मन्त्री र चार राज्यमन्त्रीले कुनै जिम्मेवारी त पाएका छैनन् नै उनीहरुका लागि कार्यालयको समेत व्यवस्था भएको छैन। उपप्रधानमन्त्री, मन्त्री र राज्य मन्त्रीको शपथ लिएका मन्त्रीहरु त्यसयता सिंहदरबार आएका छैनन्। सिंहदरबारमा उनीहरुका लागि कार्यालयको व्यवस्था हालसम्म गरिएको छैन। नेपालको इतिहासमै सबैभन्दा ठूलो मन्त्रिमण्डल गठन गरेको प्रधानमन्त्री देउवाले इतिहासमै पहिलो पटक आठ जना मन्त्री विना विभागीय बनाएका छन्।

न उनीहरुलाई कुनै जिम्मेवारी दिइएको छ न कार्यलयको नै व्यवस्था गरिएको छ। नवनियुक्त मन्त्री सिंहदरबार आउने जानकारी नभएका कारण पनि उनीहरुको कार्यकक्षको व्यवस्था नगरिएको स्रोतको दाबी छ। ‘नियुक्त भएका मन्त्री कहिलेदेखि मन्त्रालय आउने भन्ने जानकारी हामीलाई गराइएको छैन। उहाँहरु मन्त्रालय आउने जानकारी भयो भने उहाँहरुलाई कार्यकक्षको व्यवस्था तुरुन्त हुनसक्छ,’ मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले भने।

उनीहरुको मन्त्रालय नतोकिएपनि कार्यकक्षको व्यवस्था भने गर्न मिल्ने क्षेत्रीले बताए। नवनियुक्त मन्त्रीले कहिलेदेखि कार्यभार सम्हाल्ने भन्ने बारेमा जानकारी प्राप्त हुनासाथ कार्यकक्षको व्यवस्था गर्न सकिने मुख्य सचिव क्षेत्रीले बताए। ‘उहाँहरुलाई कहाँ राख्ने भन्ने योजना हामीले मानसिक रुपमा बनाइसकेका छौँ। उहाँहरुले कार्यभार सम्हाल्ने सूचना पाएपगत्तै हामीले त्यसको व्यवस्था गछौँ,’ मुख्य सचिव क्षेत्रीले भने, ‘तर उहाँहरु आउने जानकारी हामीलाई नगराइएकाले कार्यकक्ष नतोकिएको छ। उहाँहरु आउनुभयो भने कार्यकक्षको व्यवस्था हुन्छ।’ सिंहदरबारमा मन्त्रीका लागि कार्यलय व्यवस्थापन गर्न ठाउँको अभाव देखिएको छ। तत्कालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भित्रको छलफल कक्ष पार्टेशन गरेर नवनियुक्त मन्त्री राखिने तयारी छ।

किन मन्त्रालय पुगेका छैनन् ?
नवनियुक्त मन्त्री निर्वाचन नजिकिएकाले राजनीतिक भेटवार्तामा व्यस्त हुँदा अहिलेसम्म मन्त्रालय नपुगेको स्रोतको भनाइ छ। नवनियुक्त मन्त्रीहरुले सपथ लिएलगत्तै निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूचि पेश पर्ने कार्यतालिका भएकाले मन्त्रीहरु सिंहदरबार आउन नसकेको उपप्रधानमन्त्री कमल थापाका राजनीतिक सल्लाहकार राजाराम बर्तौलाले बताए।

उनका अनुसार चुनावी कार्यक्रम तथा राजनीतिक भेटवार्तामा व्यस्त हुँदा मन्त्रीहरुले मन्त्रालय जाने समय नपाएका हुन्। शनिबार मन्त्रीमा नियुक्त भएका दिलनाथ गिरी भने आज मंगलरबार संसदीय दलको कार्यालयमा पुगेर समय बिताएका थिए। गत शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता विपरित उपप्रधानमन्त्री सहित ८ मन्त्री नियुक्त गरेका थिए।

देउवाले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, दिलनाथ गिरी, विक्रम थापा, जयन्त्र चन्दलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन्। त्यस्तै भास्कर भद्रा, कुन्ती शाही, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्रीमा नियुक्त भएका थिए। माओवादी केन्द्र सरकारबाट बाहिरिने चर्चाका बीच माओवादीलाई दिइएका मन्त्रालय ती मन्त्रीलाई दिने तयारी गरिएको भए पनि माओवादी सरकारबाट नबाहिरिने भएपछि ती मन्त्रीहरु झनै आपतमा परेका छन् । माओवादीका मन्त्रीले सम्हालेका मन्त्रालयमा राप्रपाका मन्त्रीहरु राख्ने तयारी हावा खाएपछि उनीहरु अब बिना मन्त्रालय मुख्यसचिवको बैठक हलमा थन्किने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको