बालुवाटार पुगेका प्रचण्डलाई मुख कुच्याऊदै अपमानजनक ढंगले देउवाले भने- भो अब जानुहोस् तपाइको साथ चाहिएन



विपक्ष दलसँग गठबन्धन गरेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अब तपाईँको साथ चाँहिदैन’ भन्दै बालुवाटारबाट फर्काई दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तिम पटक सोध्न भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार विहान बालुवाटार पुगेका थिए । तर प्रधानमन्त्री देउवाले तपाईँहरु सत्तामै रहेर विपक्षी दल नेकपा एमालेसँग गठबन्धन गर्ने अनि सरकारलाई साथ दिन्छौँ भनेर भन्न मिल्छ ? भन्दै उल्टो प्रश्न गरेका थिए ।

नेकपा एमालेसँग पार्टी एकताको गर्ने सहमतिसहित चुनावी तालमेल गरेको माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट नहटेपछि प्रधानमन्त्री देउवाले विनाविभागी मन्त्री बनाउने तयारी गरेका थिए ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा रहेर मन्त्रालय सम्हालिरहेका मन्त्रीलाई विनाविभागी बनाई सो स्थानमा राप्रपाका तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई विनाविभागीयबाट मन्त्रालय सार्ने तयारी देउवाले गरेका थिए ।

यसअघि नै विपक्षी गठबन्धनसँग तालमेल गरिसकेपछि सरकार छोड्न उपयुक्त हुने कांग्रेस नेताहरुको सल्लाह थियो । यद्यपि माओवादीले भने सरकारलाई सहयोग गर्ने भन्दै एउटा खुट्टा सरकारमा र अर्को खुट्टा विपक्षमा राखेर बसिरहेको थियो । संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार मन्त्रीहरु बर्खास्त गर्न संवैधानिक बाधा भएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई विनाविभागीय बनाउने तयारी गरेका थिए ।

मंगलबार प्रधानमन्त्रीले प्रचण्डलाई अब तपाईँको साथ चाँहिदैन भनेपछि प्रचण्डले सरकारमा रहेका नेताहरुलाई फिर्ता बोलाइसकेका छन् । सरकारी सुविधासहित मन्त्रालय पुगिसकेका मन्त्रीहरुले भने बुधबार मात्रै सरकारबाट फिर्ता हुने गरी मंगलबार मन्त्रीकै जिम्मेवारीमा काम गरेका छन् ।

माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्र मन्त्रीका रुपमा कृष्णबहादुर महरा, गृहमन्त्रीका रुपमा जनार्दन शर्मा, स्वास्थ्य मन्त्रीका रुपमा गिरिराजमणी पोखरेल, सहरी विकास मन्त्रीका रुपमा प्रभु साह,सामान्य प्रशासन मन्त्रीका रुपमा टेकबहादुर बस्नेतलगायत सरकारमा छन् ।

ती सबैलाई ‘रिप्लेस’ गर्नेगरी मन्त्री नियुक्त गरिसकेको र आफ्नो पक्षमा बहुमत पनि भइसकेको भन्दै देउवाले माओवादी मन्त्रीहरुले सरकार छोडिदिए आफूलाई सहज हुने बताएका छन् ।

माओवादीका मन्त्रीहरु फिर्ता भएलगत्तै राप्रपाबाट उपप्रधानमन्त्री भएका कमल थापा गृहमन्त्री हुने सम्भावना रहेका छ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको