स्वास्थ्य संस्थाहरु स्थानीय तहमा



हाम्रो इकोनोमि

जिल्लाका स्वास्थ्य संस्थालाई स्थानीय तहको अधिनमा रहने गरी सुम्पिएको छ ।

सोमबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाका ३६ स्वास्थ्य चौकी र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्थानीय तहको जिम्मा लगाइएको हो ।

“ती स्वास्थ्य संस्थाका चल र अचल सम्पत्ति पनि अब स्थानीय तहको मातहतमा हुनेछ । स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा लगाएका छौँ”, जनस्वास्थ्य कार्यालयका शाखा अधिकृत मीनराज पाण्डेले भन्नुभयो ।

ती संस्थामा कार्यरत कर्मचारी यसअघि नै स्थानीय तहमा गइसकेका थिए । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पनि स्थानीय तहलाई सक्षम बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका भएको बताउनुभयो ।

यसैबीच जनप्रतिनिधिलाई पोषणका बारेमा जानकारीसमेत दिएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतको सहभागिता थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...