संसद विघटन संगै राष्ट्रपति बनिन् एकाएक सक्रिय,किन झिकाईए प्रमुख दलका नेता शितल निवाश



सरकार कामचलाउ भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक छलफलमा सक्रिय भएकी छन्। संसद विघटन भएर सरकार कामचलाउ भएसँगै भण्डारीले सक्रियता देखिएको हो।

शनिबार शीर्ष नेताहरु र सभामुख ओनसरी घर्तीले सम्बोधन गरेपछि संसद अन्त्य गरिएको थियो। संसद विघटनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको मन्त्रिपरिषद् विस्तारका बारेमा पनि राष्ट्रपति भण्डारीले परामर्श गरेकी थिइन्। त्यसपछि मात्र नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम तय गरिएको थियो। सरकार विस्तार प्रधानमन्त्रीको अधिकार भएको कुरा संविधानमा स्पष्ट भएको सुझाव पाएसँगै उनले त्यसलाई स्वीकार्दै सपथ गराएकी थिइन्।

सोमबार प्रमुख दलका शीर्ष नेतासँग पछिल्ला राजनीतिक घटनाका बारेमा उनले चासो राखेकी छन्। प्रधानमन्त्री शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य नेताहरु सहभागी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको विषयमा राष्ट्रपतिले चासो राखेकी थिइन्।

दीपावली तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी राष्ट्रपतिले नेताहरुलाई डाकेकी हुन्। बैठकमा राप्रपाका अध्यक्ष तथा उपप्रधामन्त्री कमल थापा, लोकेन्द्रबहादुर चन्द, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, एमाले नेता वामदेव गौतम पनि सहभागी थिए।

समयमै निर्वाचन सम्पन्न गर्नु मुलुकको पहिलो दायित्व भएको सम्झाउँदै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई सबैलाई मिलाएर लैजान आग्रह गरेकी छन्।

संसद बैठक अन्त्यको दिन विपक्षी एमालेका अध्यक्ष ओलीले राष्ट्रपतिलाई मन्त्रिपरिषद् विस्तारमा सहमत नहुन आग्रह गरेको भनेका थिए। मन्त्रिपरिषद् विस्तार हुँदैछ भन्ने कुरा थाहा पाएको भन्दै त्यसलाई रोक्न राष्ट्रपतिलाई सल्लाह दिएको उनले संसदमा बोलेका थिए। ओलीले प्रधानमन्त्री देउवाले कुनै कदम चाले त्यसलाई रोक्न आफू राष्ट्रपति समक्ष जान सक्ने उनले संसदमा चेतावनी दिएका थिए।

पार्टी एकता हुनु खुसीको कुरा भएको भन्दै राष्ट्रपति भण्डारीले सबै दल राजनीतिक संस्कारमा अघि बढ्न उनले सुझाव दिइन्।

राष्ट्रपतिसँगको भेटमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले निर्वाचनको सफलताको कामना गरेको र पार्टीहरुबीचको एकता लोकतान्त्रिक अभ्यासभित्रको सकारात्मक रुपमा लिएको बताए।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणा, नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित नौ दलका नेताहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्