समानुपातिक सूचीलाई लिएर कांग्रेसमा देउवा र सिटौलाबीच सुरु वाकयुद्द,सिटौलाले किन गर्दैछन नाटक



हाम्रो इकोनोमि

नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

प्रतिनिधि सभाको बन्दसूचीको एक नम्बरमा कृष्ण सिटौलाको नाम रहेको छ। सिटौला २०६४ सालको संविधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए। २०७० को संविधान सभा निर्वाचनमा भने उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०४८ सालको निर्वाचन र २०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएका सिटौला २०५६ सालको चुनावमा पहिलो पटक संसद सदस्यमा विजयी भएका थिए।

सिटौलाका अतिरिक्त केबी गुरुङ, बालकृष्ण खाण, सुजाता कोइराला र पुष्पा भुषालसहित आठ केन्द्रीय सदस्यको नाम समानुपातिकको बन्दसूचीमा रहेको छ।

संविधानअनुसार प्रतिनिधि सभाका लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

प्रतिनिधि सभाको समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७/१७, जनजाति पुरुष र महिला १६/१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको सूची दर्ता गरिएको हो।
प्रतिनिधि सभामा महिला ५७ र पुरुष ५३ को सूची तयार भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

यता सिटौलाको नाम समानुपातिकको वन्द सूचीमा पठाएपछि काँग्रेस सभापति शेर वहादुर देउवासँग सिटौला रुष्ट भएका छन्।

काँग्रेसको समानुपातिक सूचीमा आफ्नो नाम पठाएपछि सिटौलाले देउवालाई आफ्नो असन्तुष्टी प्रकट गरेका हुन्। उनले समानुपातिक सूचीबाट बफ्नो नाम फिर्ता नलिए आफू स्वयंले नाम फिर्ता लिने देउवालाई जानकारी गराएका छन्।

नेपाली काँग्रेसको वन्द सूची लिएर काँग्रेसका नेताहरु निर्वाचन आयोग अपरान्ह पुगेपनि राती अवेरसम्म सूची निर्वाचन आयोगमा बुझाइसकिएको थिएन।

सिटौलाको नाम समानुपातिकमा राखिएपछि उनको निर्वाचन क्षेत्रमा राप्रपालाई प्रत्यक्षमा उठाउने देउवाले सहमति गरेको वताइएको छ।

राप्रपाले झापाको सो क्षेत्रमा आफ्ना महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउन चाहेको छ। वृहत लोकतान्त्रिक गठवन्धन बनाउने क्रममा देउवा र राप्रपा अध्यक्ष कमल थापाबीच सिटौला निर्वाचत भएको झापा ३ सहित केहि क्षेत्र राप्रपालाई दिने सहमति भएको बताइएको छ।
काँग्रेस नेता सिटौला संसदीय वोर्डमा भएपनि आफ्नो सहमति विना समानुपातिकमा पठाएको भन्दै आफ्नो असन्तुष्टी सभापति देउवासँग राखेका हुन्।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...