देउवाका मन्त्रीलाई ओलीले डाइना भन्दिए पछी माओबादीका मन्त्री यसरी भए बम-बम्



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर माओवादी केन्द्रका मन्त्रीहरु असन्तुष्ट बनेका छन् ।

अध्यक्ष ओलीले काठमाडौँमा आयोजित एक कार्यक्रममा वर्तमान मन्त्रीहरुलाई ‘डाइना’ (काम नगर्ने र खानेमात्रै मौरी) भनेपछि माकेका मन्त्रीहरुले उक्त भनाईप्रति अपत्ति जनाएका हुन् । “हामी कसरी डाइना भयौं, एमाले सरकारमा बस्ने मन्त्री मौरी हुने अनि हामी चाहीँ डाइन ?” माओवादी केन्द्रका एक मन्त्रीले भने । अध्यक्ष ओलीले देउवा सरकारका सबै मन्त्रीहरु बेकामे भएको समेत बताएका थिए ।

“एकथरी काम नगर्ने र खानेमात्र मौरी हुन्छन्, तीनलाई डाइना भन्छन्। यतिबेला सरकार बस्ने ठाउँ, सिंहदरबारमा ६४ जना डाइनाहरु छन् । ती ६४ जना बेकामे छन्” एमाले अध्यक्ष ओलीले कार्यक्रममा भनेका थिए ।

आफूहरुलाई डाइना र बेकामे भनेपछि माओवादी मन्त्रीहरुले यो कुरा पार्टी अध्यक्ष प्रचण्डसम्म पुर्याएका छन् । उनीहरुले सबै मन्त्री डाइना र बेकामे भएको बताएर एमाले अध्यक्ष ओलीले आफूहरुको बद्नाम गर्न खोजेको आरोप समेत लगाएको नेपाल पानाले जनाएको छ ।

माओवादी केन्द्रका मन्त्रीहरुले चुनावी गठबन्धनमा असर पर्ने डरले जवाफ नफर्काएको बताउँछन् । ‘हामी ओलीजी जस्तो गैरजिम्मेवार छैनौं, तर भन्‍ने पर्दा त ओली जीहरु हो नी डाइना त, उखान टुक्का हालेर मह खाने’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...