देउवाका मन्त्रीलाई ओलीले डाइना भन्दिए पछी माओबादीका मन्त्री यसरी भए बम-बम्



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर माओवादी केन्द्रका मन्त्रीहरु असन्तुष्ट बनेका छन् ।

अध्यक्ष ओलीले काठमाडौँमा आयोजित एक कार्यक्रममा वर्तमान मन्त्रीहरुलाई ‘डाइना’ (काम नगर्ने र खानेमात्रै मौरी) भनेपछि माकेका मन्त्रीहरुले उक्त भनाईप्रति अपत्ति जनाएका हुन् । “हामी कसरी डाइना भयौं, एमाले सरकारमा बस्ने मन्त्री मौरी हुने अनि हामी चाहीँ डाइन ?” माओवादी केन्द्रका एक मन्त्रीले भने । अध्यक्ष ओलीले देउवा सरकारका सबै मन्त्रीहरु बेकामे भएको समेत बताएका थिए ।

“एकथरी काम नगर्ने र खानेमात्र मौरी हुन्छन्, तीनलाई डाइना भन्छन्। यतिबेला सरकार बस्ने ठाउँ, सिंहदरबारमा ६४ जना डाइनाहरु छन् । ती ६४ जना बेकामे छन्” एमाले अध्यक्ष ओलीले कार्यक्रममा भनेका थिए ।

आफूहरुलाई डाइना र बेकामे भनेपछि माओवादी मन्त्रीहरुले यो कुरा पार्टी अध्यक्ष प्रचण्डसम्म पुर्याएका छन् । उनीहरुले सबै मन्त्री डाइना र बेकामे भएको बताएर एमाले अध्यक्ष ओलीले आफूहरुको बद्नाम गर्न खोजेको आरोप समेत लगाएको नेपाल पानाले जनाएको छ ।

माओवादी केन्द्रका मन्त्रीहरुले चुनावी गठबन्धनमा असर पर्ने डरले जवाफ नफर्काएको बताउँछन् । ‘हामी ओलीजी जस्तो गैरजिम्मेवार छैनौं, तर भन्‍ने पर्दा त ओली जीहरु हो नी डाइना त, उखान टुक्का हालेर मह खाने’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...