बाबुरामले कांग्रेस संग तालमेल गरेपछी हृदयेश त्रिपाठी पनि कांग्रेस प्रवेश गर्ने तयारीमा,भारतले यसरी मिलाईदियो तारतम्य



हाम्रो इकोनोमि

नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो गृहजिल्ला गोरखामा नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएका छन्। गोरखा २ मा कांग्रेसले आफूलाई सहयोग गर्ने भएपछि उनको दल नयाँ शक्तिले गोरखा १ मा कांग्रेसलाई सहयाेग गर्ने भएको हो।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा २ माओवादीले छाड्न नहुने र भट्टराईलाई सहयोग गर्न नहुने दबाव दिएपछि वाम गठबन्धनमा रहिरहन उनलाई अफ्ठेरो परेको थियो। का‌ंग्रेससँगको सहमितपछि भट्टराई अब नयाँशक्ति नेपालकै आँखा चुनाव चिह्नमा प्रतिनिधिसभा निर्वाचन लड्नेछन्। कांग्रेसले गोरखाको क्षेत्र नम्बर २ मा भट्टराईलाई सहयोग गर्ने र गोरखा १ मा नयाँ शक्तिले कांग्रेसलाई समर्थन गर्ने सहमति भएको कांग्रेस नेता चिनकाजी श्रेष्ठले पुष्टि गर्दै भने, ‘गोरखामा हामीले नयाँ शक्तिलाई सघाउने र उहाँहरुले हामीलाई सघाउने सहमति भएको हाे।’

यता राष्ट्रिय जनता पार्टीप्रति असन्तुष्ट बनेर अलग्गिएका हृदयष त्रिपाठी समहु नेपाली कांग्रेसमा प्रवेश गर्ने विषयमा छलफलमा जुटेका छन् । केही हप्ता अगाडि राजपा छोडेर नेकपा एमालेको चुनाव चिन्ह सुर्य लिएर चुनाव लड्ने निर्णय गरेका त्रिपाठी कांग्रेसमा प्रवेश गर्नका लागि छलफलमा जुटेका हुन् ।
त्रिपाठीसँगै वृजेशकुमार गुप्तालगायत अन्य केही नेताहरु पनि कांग्रेसमा प्रवेश गर्न चाहेको बताइएको छ । राजपा गठन भएलगत्तै पार्टीको रणनीतिप्रति असन्तुष्ट बन्दै आएका त्रिपाठी केही हप्ताअघि मात्रै एमालेसँग चुनावी तालमेल गर्दै सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा जाने निर्णय गरेका थिए ।

राजपा अध्यक्षमण्डलका सदस्य रहेका त्रिपाठी पार्टीबाट विद्रोह गर्दै स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चिह्न लिएर उम्मेदवार बन्ने निर्णय लिएका थिए ।
उक्त समुहमा समूहका त्रिपाठी, कपिलवस्तुका वि.के गुप्ता र ईश्वरदयाल मिश्र, बाँकेका जगदिश शुक्ला र पशुपतिदयाल मिश्र रहेका छन् । बाबुराम र त्रिपाठी दुवै भारतको निर्देशनमा कांग्रेस संग मिल्ने भएका हुन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...