माओवादी मन्त्रीको अपमान गरेर घोक्र्याउने देउवाको यस्तो छ दाउ, कात्तिक ४ भित्रै हटाउने देउवाको यस्तो छ तयारी



प्रधामन्त्री शेरबहादुर देउवाले जिम्मेवारीबाट हटाउने भएपछि माओवादी केन्द्रका मन्त्री विना विभागीय रुपमा सरकारमा नबस्ने भएका छन् । प्रधामन्त्रीले विना विभागीय बनाए सरकारबाट बाहिरिने मनस्थितिमा माओवादी केन्द्रका मन्त्रीहरु पुगेका छन्।

कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा गएका माओवादीका मन्त्रीहरु अहिले आन्तरिक परामर्शमा छन् । माओवादीका मन्त्रीहरु अपमान सहेर सरकारमा बस्न नहुने निष्कर्षमा पुगेको उपप्रधान तथा परराष्ट्रमन्त्री महराले बताए।

‘हामी अहिले आन्तरिक परामर्शमा छौं, प्रधामन्त्रीले विना विभागीय बनाए अपमान सहेर सरकारमा बस्न नहुने धारणा साथीहरुको छ’, नेता महराले भने।

माओवादी केन्द्रको शनिबार बसेको हेडक्वाटर बैठकले भने सरकार पनि नछोड्ने र एमालेसँगको सहकार्य पनि नतोड्ने निर्णय गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै माओवादीले तत्काल सरकार नछाड्ने बताएका थिए।

तर, विना विभागीय हैसियतमा सरकारमा बसिरहनु लज्जास्पद हुने भएकाले त्यस अवस्थामा सरकार छाड्नुपर्ने माओवादी मन्त्रीहरुको धारणा छ।

‘हिजोसम्म पार्टीको निर्णय सरकार नछाड्ने भन्ने छ हामी अपमानित भएर सरकारमा बस्ने पक्षमा छैनौं’, आपूर्ति मन्त्री शिवकुमार मण्डलले भने।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने संकेत संसदको अन्तिम बैठकमा गरिसकेका छन् । उनले केही दिनभित्रै मन्त्रीको संख्या घट्ने बताएका थिए।

‘संवैधानिक प्रावधान अनुसार मैले सरकार विस्तार गरेको हुँ । एक-दुई दिनमा मन्त्रिपरिषदको संख्या घट्न पनि सक्छ’, उनले संसदमा भनेका थिए।

राजीनामा कुर्दै देउवा

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरुबाटै राजीनामा कुरेर बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कात्तिक ४ गतेभित्र राजीनामा नआए मात्रै विना विभागीय बनाउने तयारी प्रधानमन्त्रीको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक सूचीलाई पूर्णता दिन प्रधानमन्त्री व्यस्त रहेकाले नयाँ मन्त्रीको कार्यविभाजन गर्न सकेका छैनन् । कात्तिक ४ गतेभित्र नयाँ मन्त्रीको विभाग तोक्ने र माओवादी मन्त्रीलाई हटाउने तयारी प्रधानमन्त्रीको रहेको मन्त्री मीन विश्वकर्माले बताए।

‘समानुपातिक सूची तयार गर्न व्यस्त भएकाले नयाँ मन्त्रीको कार्यविभाजन हुन पाएको छैन’, उनले भने, ‘प्रधानमन्त्रीले कात्तिक ४ भित्र नयाँ मन्त्रीको कार्यविभाजन गराएर माओवादी मन्त्रीहरुलाई हटाउने तयारी गर्नुभएको छ ।’

‘अपमानित गरे राजीनामा’

माओवादी केन्द्रका मन्त्रीहरुले आफूहरुलाई विना विभागीय बनाए सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

‘हामी निर्वाचन गराउने अभिप्रायले सरकारमा सहभागी भएका हौं । निर्वाचनको वातावरण बनिसकेको छ, मन्त्री भइरहनुपर्छ भन्ने मान्यता हाम्रो छैन,’ स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले बताए।

पोखरेलले प्रधानमन्त्रीले उत्तेजना र आवेगमा नभई संवैधानिक र कानुनी हिसाबबाट निर्णय लिने समेत विश्वास व्यक्त गरे । माओवादीका मन्त्रीहरुको कार्यशैली हेरेर प्रधानमन्त्रीले निर्णय गर्नुपर्ने उनको भनाइ छ।

‘सरकारमा माओवादीका मन्त्रीहरुको उल्लेखनीय योगदानलाई प्रधानमन्त्रीले अवमूल्यन गर्न मिल्दैन हाम्रो कार्यशैली हेरेर उहाँले संवैधानिक र कानुनी आधारमा निर्णय लिनुहोला’, उनले भने।

माओवादी केन्द्रबाट तर्फबाट हाल सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी कृष्णबहादुर महराले सम्हालेका छन् । यस्तै, जनार्दन शर्माले गृह, गिरिराजमणिले स्वास्थ्य, महेन्द्रबहादुर शाहीले ऊर्जा, शिवकुमार मण्डलले आपूर्ति, टेकबहादुर बस्नेतले सामान्य प्रशासन र आशा कोइरालाले महिला बालबालिका मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्