प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा



हाम्रो इकोनोमि

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ ।

जिल्लामै शल्यक्रियासहितको प्रसूति सेवा, डिजिटल एक्सरे सेवा, जटिल प्रकारका शल्यक्रिया, डेन्टल र अस्पतालको आफ्नो फार्मेसी सेवा सञ्चालनमा आएपछि अस्पतालमा बिरामीको भीड बढ्नुका साथै सेवा प्रवाह प्रभावकारी बनेको हो ।

निक साइमन्स इस्टिच्युटको सहयोगमा शल्यक्रियासहितको प्रसूति सेवा जिल्ला अस्पतालमै सञ्चालन गरेपछि हालसम्म १७४ जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा धीरेन्द्रकुमार मल्लले बताउनुभयो ।
उहाँले एपेन्डिसाइटिसको ३५, हाइड्रोसिल ६२, हर्निया ६५ र पाठेघरभन्दा बाहिर बच्चा बसेको छ वटाको सफलतापूर्वक शल्यक्रिया गरिएको जानकारी दिनुभयो । अहिले पनि मासिक रुपमा ६० देखि ७० वटासम्म हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्ने गरिएको छ भने हजारौँको सामान्यक शल्यक्रिया भइसकेको उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...