जनकपुरमा निधीलाई तह लगाउन देउवाकै डिजाइनमा राजपा देखाएर यसरी लगाईदैछ सनासो



हाम्रो इकोनोमि

आफूलाई मधेसको सबैभन्दा ठूलो नेता मान्ने विमलेन्द्र निधिलाई आगामी निर्वाचनमा पराजित गर्न राष्ट्रिय जनता पार्टी नेपालले बलियो जनमत भएका व्यक्ति अघि सारेको छ ।

निधिले मधेसमा अरु नेतालाई नेता नै मान्दैनन् । जे हु म नै ठूलो हुँ जस्तो घमण्डी व्यवहार देखाउने निधिलाई ‘साइज’मा ल्याउन राजपाले आगामी मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ बलिया र योग्य उम्मेदवार अघि सारेको हो ।

क्षेत्र नम्बर ३ विमलेन्द्र निधिले चुनाव जित्दै आएको क्षेत्र हो । यहाँबाट राजपाले प्रभावशाली नेता उमाकान्त झालाई उम्मेदवार बनाउन लागेको हो । झा पूर्वमन्त्री एवं नेपाल सरकारका सचिव समेत रहिसकेका छन् ।

उनी मधेस र धनुषाको प्रभावशाली र जनमत भएका नेता हुन् । जनाधार समेत उनको राम्रो रहेको बताइन्छ । यहाँ केवल उनले माधै विमलेन्द्र निधिलाई टक्कर दिनसक्ने बताइन्छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय पकड भएका झाको उम्मेदवारीबाट विमलेन्द्र निधिलाई ठूलै चुनौति देखिएको र विस्थापित हुनसक्ने देखिएको स्थानीयहरु बताउँछन् ।पछिल्ला दिन देउवा समेत निधी संग हारदिक्क बनेको र उनलाई हराएर पाखा लगाई दिन लागेको श्रोतको भनाई छ । निधीको क्षेत्रमा राजपाको जगजगी छ र त्यहाँ मधेशी बाहुन र कायस्थलाई राजपाले उम्मेदवार बनाए निधीको पत्तासाफ हुन्छ। त्यहि भएर राजपाले मधेशी बाहुन उमाकान्त झालाई निधी हराउने उम्मेदवार बनाउने तयारी गरेको हो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...