काँग्रेसको संसदीय बोर्डमा थपिएका यी हुन् पाँच भाई



हाम्रो इकोनोमि

नेपाली काँग्रेसको संसदीय बोर्डमा पाँच जना सदस्य थपिएका छन् । यसअघि १७ सदस्यीय संसदीय बोर्ड रहेकोमा शनिबार पाँच जना सदस्य थपिएर २२ जना पुगेको छ । संसदीय वोर्डमा थपिनेमा डा शेखर कोईराला, डा मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मनसुर र एनपी साउद रहेका छन् ।

पछिल्लो महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित नेता डा कोईराला र मधेशी मोर्चासँगको बार्तामा प्रभावकारी भूमीका खेलेका रिजाललाई बोर्डमा छुटाइएको भन्दै काँग्रेस भित्र चर्को आलोचना भएको थियो । डा रिजाल आन्तरिक व्यवस्थापनमा चुस्ता नेताका रुपमा पनि चिनिन्छन् । त्यसैगरी दलित र मुस्लीम समुदायको प्रतिनिधिको रुपमा विश्वकर्मा र मन्सुरलाई थपिएको हो ।

थपिएका पाँच जना समेत सहभागी हुनेगरी शनिबारै बेलुका पाँच बजे बोर्डको बैठक बोलाइएको छ । बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको नामावली तयार पार्ने छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...