काँग्रेसको संसदीय बोर्डमा थपिएका यी हुन् पाँच भाई



हाम्रो इकोनोमि

नेपाली काँग्रेसको संसदीय बोर्डमा पाँच जना सदस्य थपिएका छन् । यसअघि १७ सदस्यीय संसदीय बोर्ड रहेकोमा शनिबार पाँच जना सदस्य थपिएर २२ जना पुगेको छ । संसदीय वोर्डमा थपिनेमा डा शेखर कोईराला, डा मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मनसुर र एनपी साउद रहेका छन् ।

पछिल्लो महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित नेता डा कोईराला र मधेशी मोर्चासँगको बार्तामा प्रभावकारी भूमीका खेलेका रिजाललाई बोर्डमा छुटाइएको भन्दै काँग्रेस भित्र चर्को आलोचना भएको थियो । डा रिजाल आन्तरिक व्यवस्थापनमा चुस्ता नेताका रुपमा पनि चिनिन्छन् । त्यसैगरी दलित र मुस्लीम समुदायको प्रतिनिधिको रुपमा विश्वकर्मा र मन्सुरलाई थपिएको हो ।

थपिएका पाँच जना समेत सहभागी हुनेगरी शनिबारै बेलुका पाँच बजे बोर्डको बैठक बोलाइएको छ । बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको नामावली तयार पार्ने छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...