यी हुन् ६ करोड ठगी आरोपमा पक्राउ परेका एनआरएन जापानका महासचिब



हाम्रो इकोनोमि

जापनी नागरिकलाई ६ करोड रुपैयाँ ठगीको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन) जापानका निवर्तमान महासचिव अनुज थापा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बिहीबार पक्राउ गरेको हो।

उनी अहिले एनआरएनएको आइसिसी सदस्य हुन्। पक्राउ परेका थापा नेपाल पर्यटन बाेर्डका जापानस्थित पर्यटन प्रतिनिधि पनि हुन्।

शुक्रबार काठमाडौं जिल्ला अदालतबाट ठगी मुद्दामा उनलाई थुनामा राख्न आदेश दिइएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए। ‘एक जापनी प्रोफेसरलाई नेपालमा स्कुल खोल्ने भनेर उनले ६ करोड रुपैयाँ लिएको जाहेरी परेको छ,’ डिएसपी पाण्डेले भने,‘लिएको पैसा अन्यत्र खर्च गरेर ठगी गरेको देखिन्छ।’

नेपालमा राम्रो स्कुल खोल्ने र त्यसबाट धेरै मुनाफा हुने विश्वास दिलाएर उनले ठगी गरेको प्रहरीले जनाएको छ। धेरै पैसा उनले जापानमै लिएका थिए। त्यो पैसा घर र गाडी किन्नमा खर्च गरेका थिए।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार सुरुदेखि नै उनको ठगीको नियत देखिन्छ। जसकारण उनले धेरै पैसा प्रमाण नहुने गरी हातमै लिएका थिए। पक्राउ परेपछि छुटाउन उनले ठूला नेताहरुमार्फत दबाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...