यी हुन् ६ करोड ठगी आरोपमा पक्राउ परेका एनआरएन जापानका महासचिब



हाम्रो इकोनोमि

जापनी नागरिकलाई ६ करोड रुपैयाँ ठगीको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन) जापानका निवर्तमान महासचिव अनुज थापा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बिहीबार पक्राउ गरेको हो।

उनी अहिले एनआरएनएको आइसिसी सदस्य हुन्। पक्राउ परेका थापा नेपाल पर्यटन बाेर्डका जापानस्थित पर्यटन प्रतिनिधि पनि हुन्।

शुक्रबार काठमाडौं जिल्ला अदालतबाट ठगी मुद्दामा उनलाई थुनामा राख्न आदेश दिइएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए। ‘एक जापनी प्रोफेसरलाई नेपालमा स्कुल खोल्ने भनेर उनले ६ करोड रुपैयाँ लिएको जाहेरी परेको छ,’ डिएसपी पाण्डेले भने,‘लिएको पैसा अन्यत्र खर्च गरेर ठगी गरेको देखिन्छ।’

नेपालमा राम्रो स्कुल खोल्ने र त्यसबाट धेरै मुनाफा हुने विश्वास दिलाएर उनले ठगी गरेको प्रहरीले जनाएको छ। धेरै पैसा उनले जापानमै लिएका थिए। त्यो पैसा घर र गाडी किन्नमा खर्च गरेका थिए।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार सुरुदेखि नै उनको ठगीको नियत देखिन्छ। जसकारण उनले धेरै पैसा प्रमाण नहुने गरी हातमै लिएका थिए। पक्राउ परेपछि छुटाउन उनले ठूला नेताहरुमार्फत दबाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...