माओबादीले सरकार नछोड्ने,मन्त्रालय फुटाऊदै देउवाले राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिने यस्तो गर्दैछन तयारी



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रले सरकार नछोड्ने भएको छ । केन्द्रकी प्रवक्ता पम्फा भुसालले रिपोर्टसनेपालडटकमसँग कुरा गर्दै प्रधानमन्त्रीले मन्त्रीपरिषद विस्तार गरेको विषयमा अहिले पार्टी हेडक्वार्टरमा बैठक बसिरहेको जानकारी दिदै सरकार नछोड्ने बताइन् ।
निर्वाचनको मुखैमा आएर सरकार छोड्नु उचित नहुने भन्दै माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता नबोलाउने भुसालले बताइन् ।

यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका ८ जनालाई मन्त्रीपरिषदमा सहभागि गराएपछि माओवादी अप्ठ्यारोमा परेको छ । आठै जनालाई विनाविभागीय मन्त्री बनाइएको हो । त्यसैले पनि प्रधानमन्त्री देउवाले माओवादीबाट मन्त्री बनेकालाई हटाएर राप्रपाबाट मन्त्री भएकालाई मन्त्रालय भागबण्डा लगाउनुपर्ने बाध्यता छ ।

सहमति र सल्लाह विपरित मन्त्रीमण्डल विस्तार गरेपछि माओवादीले सरकार छाड्ने र ति मन्त्रालय राप्रपालाई दिने रणनीति देउवाले लिएको आशंका गरिएको छ । तर माओवादीले सरकार नछाड्नेभएपछि राप्रपाबाट विनाविभागिय मन्त्री बनेकाहरु अर्को समस्यामा पर्नेछन् । तर देउवाले मन्त्रालय फुटाएर भए पनि जिम्मेवारी दिने तयारी गरिरहेको श्रोतको भनाइ छ।अर्कातिर देउवाले माओबादीका मन्त्रीलाई कम्जोर मन्त्रालयमा सरुवा समेत गर्ने तयारीमा छन ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...