अटेर गर्दै मन्त्रिपरिषद विस्तार गर्ने देउवाको निर्णय बदर गराउन निर्वाचन आयोगलाई एमालेले यस्तो दियो कडा दबाब



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णय बदर गराउन चौतर्फी दबाब बढाएको छ ।

माओवादी केन्द्रसँग गठबन्धन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र राष्ट्रपतिमार्फत देउवाको निर्णय कार्यान्वयन नगराउन दबाब दिएका हुन् ।

ओलीले प्रमुख निर्वाचन आयुक्त अयोधी यादव र राष्ट्रपति विद्यादेवी भण्डारीलाई फोन गरेर देउवाको निर्णय बदर गराउन भनेको स्रोतले बतायो । ओलीको निर्देशनअनुसार राष्ट्रपति भण्डारीले सपथ नखुवाउने अडान लिएकी छन् । अयोधी यादवले पनि आजै राष्ट्रपतिसँग परामर्श गर्दैछन् ।

प्रधानमन्त्री स्वयंले निर्वाचन आचार संहिताको धज्जी उडाउने काम गरेको भन्दै ओलीले पछिल्लो मन्त्री नियुक्ति बदर गर्न निर्वाचन आयोगले आदेश दिनुपर्ने माग गरेका हुन् ।

निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारको निर्णय बदर नगरे आयोगको भूमिका औचित्यहीन हुने र यस्तो आयोगले चुनाव सम्पन्न गराउन नसक्ने चेतावनी समेत एमालेले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...