गोठपाँडा सहकारीको साढे दश करोड भन्दा बढीको कारोबार



हाम्रो इकोनोमि

जिल्लाको पहिलो सहकारी बन्न सफल भएको गोठपाँडा कृषक सहकारी संस्थाले रु १० करोड ६७ लाख बराबरको कारोवार गरी सदस्यहरूलाई बोनस समेत वितरण गर्ने भएको छ
सहकारीको ११औँ वार्षिक सभामा आज आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।
जिल्ला समन्वय समितिका संयोजक प्रेमबहादुर थापाले साधारण सभा उद्घाटन गर्दै सहकारीकै माध्यमबाट सदस्यको जीवनस्तर उकास्सिनुका साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुने बताउनुभयो ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले यस सहकारीमा महिलाको सक्रिय सहभागिता निकै उत्साहबर्धक छ भन्दै महिला सशक्त भएमा मात्रै गाउँ, टोल र बस्तीको आर्थिक सुधारमा सहयोग पुग्ने बताउनुभयो ।
त्यसअवसरमा उत्कृष्ट बचतकर्ता, नियमित बचत संकलन कर्ता, बाल बचतकर्ता लगायतलाई सम्मानसमेत गरिएको थियो ।

संस्थाका अध्यक्ष मुना थापाले संस्थाले सहकारी सुपथ पसल स्थापना गर्ने, हरेक सदस्य राहत कोष स्थापना गर्ने, सहकारी व्यवसाय सञ्चालन कार्यविधिसमेत निर्माण गरेर रणनीति अगाडि बढाइने, कर्जा लगानीलाई झन सहज बनाउने, ऋणको जोखिम न्यूनीकरण गर्न कर्जा सदुपयोगिताका बारेमा सदस्यलाई ऋण लिनुपूर्व विशेष परामर्श दिइने जस्ता काम गर्ने बताउनुभयो ।

सहकारीले गत वर्र्ष प्रदेश नं ६ को उत्कृष्ट सहकारीका रूपमा सम्मान पाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...