कांग्रेसको लोकतान्त्रिक गठबन्धन यसरी पर्यो अलपत्र,उपेन्द्र र महन्थले कांग्रेसलाई देखाईदिए



हाम्रो इकोनोमि

कांग्रेसले निर्णय दिन ढिला गरेपछि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) लोकतान्त्रिक गठबन्धनबाहिरै रहेर आसन्न निर्वाचनमा सहभागी हुने भएका छन्। यससँगै सत्तारुढ कांग्रेसले अघि बढाएको लोकतान्त्रिक गठबन्धनमा दुई प्रमुख मधेसवादी दल सहभागी हुने छैनन्।

‘हामी दुई दलचाहिँ एक ठाउँमा अडिने छौं,’ राजपा अध्यक्ष मण्डलका एक नेता राजेन्द्र महतोले भने, ‘कांग्रेस अलमलमै छ जस्तो छ, अब लगभग उसले थालेको लोकतान्त्रिक गठबन्धनभन्दा हामी पर गइसक्यौं।’ राजपा अध्यक्ष मण्डलकै अर्का सदस्य शरतसिहं भण्डारीका अनुसार यी दुई मधेसवादी दल एक ठाउँमा हुनेछन् र कसैलाई पर्खने पक्षमा छैनन्।

‘हामीले कांग्रेसकै हितका लागि केही समय खर्चियौं, अब लोकतान्त्रिक गठबन्धनका नाममा थप समय खर्चिने छैनौं,’ उनले भने, ‘हामी दुई दल मिलेरै पर्याप्त संख्यामा सिट जित्छौं, हामीलाई कसैको सहारा चाहिँदैन।’

समाजवादी फोरम र राजपाबीच हरेक मोर्चामा ५०–५० प्रतिशत साझेदारी गर्ने सहमति भइसकेको छ। र, उनीहरुको आँकलन छ, दुई दल मिले मात्र पनि प्रतिनिधि सभामा ४० र प्रदेश सभामा १ सय २० सिट आरामले जितिन्छ। यस्तोमा उस्तै भोट बैंक रहेको का‌ग्रेससँग मिल्नु जरुरी छैन।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव त एक्लै भए पनि चुनावमा जाने पक्षमा छन्। स्थानीय तहको तेस्रो चरणको चुनावी नतिजापछि उनी हौसिएका छन्। ‘का‌ंग्रेसलाई हामी चाहिएको हो, हामीलाई कांग्रेस होइन,’ उनले भने।

राजपा अध्यक्ष मण्डलकै अर्का नेता महेन्द्र राय यादव के भन्छन् भने, ‘हामी २ मधेस केन्द्रित दल मिलेरै उल्लेखनीय स्थान हासिल गर्छौं भने अरुको साथ किन चाहियो?’

नेता राजेन्द्र महतोका अनुसार अब कांग्रेसले राप्रपा बोकेर हिँडे हुन्छ। ‘मधेसवादी दल उसको साथमा हुने छैनन्, राजमार्ग छेउका केही सिटमा तालमेल गर्न खोजेको हो, ऊ अनिर्णित भएपछि हाम्रो पनि रणनीति फेरिएको छ,’ महतोले भने, ‘कथित लोकतान्त्रिक एकताका नाममा हामी आफ्नो अस्तित्व बिसर्जन गर्न सक्दैनौं।’

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...