एमालेले यसरी गर्यो चुनाब सार्ने शंका,देउवा त्यस्तो सुबिधा यसरी दिए एमालेलाई



हाम्रो इकोनोमि

वाम गठबन्धन बनाएको प्रमुख विपक्षी एमालेले सरकारले आगामी  मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्ने तयारी गरिरहेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले निर्वाचन सारिए लोकतन्त्रनै खतरामा पर्ने निष्कर्ष निकालेको हो । बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भने, ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो ।  सरकारमा रहेका मन्त्रीहरु फिर्ता पठाइन खोजिनु  आचारसंहिता र कानून विपरितको काम हो । यो काम सरकारबाट नहोस् ।’

उपाध्यक्ष रावलले एमालेसहितको माओवादी र नयाँ शक्तिबीचको वाम गठबन्धन चुनावको तयारीमा जुटिसकेको बताए । उनले चुनावको मिति तलमाथि पार्ने कार्य नगर्न सरकारलाई सुझाए ।

बैठकले  वाम गठबन्धन बनाउँदा भएको सहमतिअनुसार छिट्टै प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँड गर्ने निर्णय गरेको छ ।  असोज २७ र २८ गते बस्ने स्थायी समिति बैठकले  एमालेका सबै समानुपातिकका उम्मेदवारको नाम  टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी,  वाम गठबन्धनको एकता र धु्रवीकरणलाई निरन्तरता दिने, चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रवासमा समेत अभियान चलाउने निर्णय समेत स्थायी समितिले गरेको छ ।

एमाले स्थायी समिति बैठकले नयाँ वानेश्वरमा सोमबार निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको हत्या भएको घटनाप्रति दुःख प्रकट गरेको छ । बैठकले तत्काल दोषीलाई कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...