महाकाली अञ्चल अस्पताल सञ्चालनमा



हाम्रो इकोनोमि

दुई दिन सेवा प्रभावित बनेको कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा पुनःसञ्चालन भएका छन् ।

शनिबार मध्यरात अस्पतालमा काममा रहेका चिकित्सक र स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेपछि आइतबार बिहानदेखि चिकित्सकले आकस्मिक सेवाबाहेकका सबै सेवा ठप्प पारेका थिए ।

दुई पक्षबीच सहमतिपछि सोमबार रातिदेखि नै सबै सेवा शुरु भइसकेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले जानकारी दिनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दुई जनाविरुद्ध सार्वजनिक मुद्दा दायर भएर कारबाही भइरहेको छ । घटनाका दिन पक्राउ परेका अन्य तीन जनालाई रिहा गर्ने सहमति भएको अध्यक्ष पाण्डेयले बताउनुभयो ।

साथै शिशुको शवसमेत आफन्तको जिम्मा लगाइएको अस्पताल समितिले जनाएको छ । सुत्केरीले नवजात जन्माउने क्रममा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोपमा महिलाका आफन्त कुटपिटमा उत्रिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

माधवकुमार नेपाल अस्पतालमा भर्ना

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

शिक्षामन्त्री पुनले दिए राजीनामा

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् ।...