डेंगु नियन्त्रणका लागि सामूहिक प्रयत्न



हाम्रो इकोनोमि

महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगु रोग नियन्त्रणका लागि सामूहिक प्रयत्न थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास अस्पताल, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघसंस्था र नागरिक समाजका अगुवाले स्वास्थ्य संस्थासँगै डेंगु नियन्त्रणका लागि संयुक्त पहलकदमी बढाएका हुन् ।

डेंगुको संक्रमण गराउने लामखुट्टे नियन्त्रणका लागि अहिले दक्ष टोली नगर क्षेत्रका बस्ती–बस्तीमा परिचालन गरिएको छ । डेंगु फैलाउने लामखुट्टे पानी जमेको ठाउँ र टायरका कापमा रहने गरेको पत्ता लागेपछि अहिले त्यस्ता ठाउँमा डेंगु फैलाउने लामखुट्टे नियन्त्रण अभियान थालिएको हो ।

डेंगु नियन्त्रणका लागि बस्ती–बस्तीमा सरसफाइ र सचेतना कार्यक्रम भइरहेका छन् । पछिल्लो पटक मोटर ग्यारेजमा थुपारिएका पुराना टायर र सडक किनार एवं यत्रतत्र मिल्काइएका टायरका कापमा डेंगु फैलाउने लामखुट्टेका लार्भा भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालयका दक्ष स्वास्थ्यकर्मीको नेतृत्वको संयुक्त टोलीले लार्भा नष्ट अभियान शुरु गरेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।

दशैँ पर्वकै बीच महोत्तरीको बर्दिबास, धनुषाको मिथिला नगरपालिका क्षेत्र र सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा गएसाता ६० भन्दा बढीमा डेंगुको संक्रमण भेटिएको थियो ।

बर्दिबासमा गतसाता २८ जना डेंगुका बिरामी भेटिएकामा १० जनाको अझै अस्पतालमा उपचार भइरहेको सो कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...