कांग्रेसलाई धुलो चटाउने गरी यसरी बाँडफाँड गर्दैछ वाम गठबन्धनले सिट र क्षेत्र,कहाँ कस्को पल्लाभारी



वाम गठबन्धनको सिट र क्षेत्र बाँडफाँड समितिको शुक्रबार बसेको बैठकले मापदण्डका आधारमा टुंगो लगाउने गरी छलफल गरेको छ । समितिका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘एकता संयोजन समितिले अरू दलले लिने सिट र क्षेत्र टुंग्याएपछि एमाले र माओवादी केन्द्रले लिने ६०÷४० सिटको पनि टुंगो लाग्नेछ ।’ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारसम्म क्षेत्र बाँडफाँड टुंग्याउन निर्देशन दिएका छन् ।

 

०७० को संविधानसभा र ०७४ को स्थानीय निर्वाचन आधार

काठमाडौं २२ असोज । एमाले र माओवादी केन्द्रले सकेसम्म धेरै दललाई गठबन्धनमा समेट्ने प्रयास गरिरहेका छन् । प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अरूलाई बाँडेर बचेका सबै निर्वाचन क्षेत्रमा ६०र४० गर्ने उनीहरूको समझदारी छ । प्रदेश र केन्द्रको क्षेत्र कसले लिने भन्ने टुंगो लगाउन ०७० सालको मत परिणाम र ०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मत परिणामलाई मुख्य आधार मान्ने भएका छन् । ०७० मा हारे पनि पछिल्लो निर्वाचनमा यदि धेरै वडाध्यक्ष जितेको छ भने त्यो क्षेत्रमा बढी जित्ने दलले नै टिकट पाउनेछ ।

हरेक जिल्लामा दुवै दलको प्रतिनिधित्व हुने गरी बाँडफाँड

हरेक जिल्लामा केन्द्र र प्रदेशमध्ये दुवै दलले कम्तीमा एउटा सिट पाउने समितिमा समझदारी बनेको छ । यो समझदारीअनुसार एउटा दलले केन्द्रको सिट लिए अर्को दलले कम्तीमा प्रदेशको एउटा सिट पाउनेछ । ‘कुनै पनि जिल्लामा एउटा दल निल नहुने गरी सिट बाँडफाँड गर्ने समझदारी भएको छ,’ समितिका एक सदस्यले भने । यसअनुसार माओवादी केन्द्र निल भएको धनकुटामा उसले प्रदेशतर्फको प्रत्यक्षमा भए पनि कम्तीमा एक सिट पाउनेछ । त्यस्तै, एमाले निल भएको गोरखामा उसले संघको सिट नपाए प्रदेशतर्फको एक सिट पाउनेछ ।

हारेको स्थानमा पनि माओवादीले उम्मेदवारी पाउने

पछिल्लो स्थानीय तहको निर्वाचनमा अधिकांश जिल्ला एमालेले जितेको छ र माओवादी धेरै पछाडि छ । तर, ६०÷४० को अनुपात मिलाउनुपर्ने भएकाले हारेका जिल्लामा पनि माओवादीले उम्मेदवारी पाउने भएको छ । एउटा दलले कुल १० हजार मत पाएकै क्षेत्रमा अर्को दलले सात हजार ल्याएको छ भने त्यस्तो क्षेत्रमा कम मत पाउने दलले उम्मेदवारी पाउनेछ । संघ र प्रदेश दुवैतर्फ यसरी नै क्षेत्र बाँडफाँड हुने गरी समितिले छलफल चलाइरहेको पाण्डेले बताए । आजको नयाँ पत्रिका दैनिकमा

नयाँ शक्ति र अन्य दलको सिटबारे छलफल

नयाँ शक्ति, अन्य पार्टी र समूहलाई कति सिट दिने विषय शीर्ष नेता रहेको एकता संयोजन समितिले नै अन्तिम टुंगो लगाउने भएको छ । नयाँ शक्तिले लिने सिटका विषयमा शुक्रबार डा। बाबुराम भट्टराईले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । ‘सिटका विषयमा उहाँहरूले छलफल गर्नुभयो, पहिले संख्या टुंगो लागेपछि समितिमा छलफल हुन्छ,’ नयाँ शक्तिका नेता तथा समितिका सदस्य गंगानारायण श्रेष्ठले भने । नेपाल परिवार दलले एमालेको सूर्य चिह्नमा चुनाव लड्ने तीनबुँदे सहमति गरेको छ । शुक्रबार एमाले अध्यक्ष ओलीनिवास बालकोटमा भएको सहमतिमा एमालेको ह्विप मान्ने, सिट संख्या सहमतिमा टुंगो लगाउने र एमाले उम्मेदवारलाई जिताउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्