माओबादीलाई घोक्रेठ्याक लगाउन देउवाले चाल्ने भए यस्तो कदम,उपेन्द्र गृह मन्त्री र थापा पररास्ट्र मन्त्री बन्दै



हाम्रो इकोनोमि

कांग्रेसकाे जारी केन्द्रिय समिति बैठकबाट माअाेवादीलाइ सरकारबाट हटाउँदै संघीय समाजवादी फाेरम, राप्रपा र राजपा सहितका दललाइ सरकारमा ल्याउनेबाट छलफल उत्कर्षमा पुगेकाे छ ।

स्राेतका अनुसार कांग्रेसले संघीय समाजवादी फाेरमका अध्यक्ष उपेन्द्र यादव र राप्रपा अध्यक्ष कमल थापालार्इ सरकारमा ल्याउनका लागि उपप्रधानमन्त्रीसहित दुर्इ अाकर्षक मन्त्रालयकाे प्रस्ताव गरिएकाे छ । दुवै दललार्इ के कति मन्त्रालय दिने भन्ने विषयमा भने हालसम्म कुनै छलफल भएकाे छैन ।

एक विश्वस्त स्राेतका अनुसार कांग्रेसले उपेन्द्र लाइ उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय र कमल थापालाइ उपप्रधानमन्त्रीसहित परराष्ट मन्त्रालय दिने भएकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालार्इ यसबारे दुवै दलका नेतासँग छलफल गरी तत्काल सहमति गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न कांग्रेसले जिम्मा दिएकाे छ । कांग्रेस सभापति समेत रहेका देउवाले यसबारे कुनै छलफल अघि बढाएका छैनन् ।

व्यवस्थापिका संसदमा नेपाली कांग्रेसको २०७, राष्ट्रिय जनता पार्टी नेपालको २५, नेपाल लोकतान्त्रिक फोरमको १८, संघीय समाजवादी पार्टीको १५, राष्ट्रिय प्रजातन्त्र पार्टीको १९, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को १८ गरी ३०२ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...