उपेन्द्र नेतृत्वको फोरम कांग्रेस गठबन्धनमा नआउने



हाम्रो इकोनोमि

सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल सामेल नहुने भएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेल खुला रहे पनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने उपेन्द्र यादवले बताएको हो ।

कांग्रेससँग मात्रै नभई एमाले नेतृत्वको गठबन्धनमा पनि नगई बाहिर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ ।

पार्टीको उक्त औपचारिक धारणा संघीय फोरमले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी गराइसकेको वरिष्ठ उपाध्यक्ष अशोककुमार राईले बताए ।

 

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...