उत्तर कोरियाविरुद्ध अमेरिका झन आक्रामक



हाम्रो इकोनोमि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका कम्पनी र व्यक्तिहरुविरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गरेका छन्।
आफूले हस्ताक्षर गरेको एउटा कार्यकारी आदेशले अमेरिकी अर्थ मन्त्रालयलाई प्योङयाङसँग कारोबार गर्ने विदेशी ब्यांकहरुविरुद्ध प्रतिबन्ध लगाउने अधिकार दिएको ट्रम्पले बताए।
उत्तर कोरियासँग कारोबार नगर्न चिनियाँ केन्द्रीय ब्यांकले देशभित्रका आर्थिक संस्थाहरुलाई आदेश दिएकोमा उनले चीनको प्रशंसा समेत गरे।
संयुक्त राष्ट्रसंघस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, अमेरिकाको पछिल्लो कदमले उत्तर कोरियालाई गरिने तेल निर्यातलाई चाहिँ समेटेको छैन।
प्रतिरोध
तेल निर्यातमा प्रतिबन्ध लगाउनुपर्ने प्रस्तावको चीनले प्रतिरोध गर्दै आएको छ।
पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई लिएर राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाएको दुई हप्ता पनि नबिन्दै अमेरिकाले त्यस्तो घोषणा गरेको हो।

उत्तर कोरियाको पछिल्लो पारमाणविक तथा क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ।
पश्चिमा शक्तिहरुले पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्न दबाब दिंदै आएपनि प्योङयाङले अवज्ञा गर्दै आएको छ।
कारोबार

नयाँ कार्यकारी आदेशको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले मानव जातिका लागि घातक भनिएका अस्त्र निर्माणका लागि उत्तर कोरियाले जुटाउने रकमको स्रोत बन्द गर्ने हिसाबले कदमहरु चालिएको बताए।
कपडा उद्योग, माछा उद्योग, सूचना प्रविधि तथा उत्पादनमूलक कम्पनीहरु प्रतिबन्धमा पर्ने ट्रम्पले संकेत गरेका छन्।
उनले भने, “प्रतिबन्धले एउटै मुलुकलाई लक्षित गरेको छ र त्यो हो उत्तर कोरिया।”
ट्रम्पको घोषणापछि अमेरिकी अर्थमन्त्रीले विदेशी आर्थिक निकायहरुले कारोबारका लागि अमेरिका वा उत्तर कोरियामध्ये एउटा रोज्नुपर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र...

प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै...

अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...