मोरङको केराबारी र बिराटचोकमा शाखा



हाम्रो इकोनोमि

सप्तकोशी डेभलपमेन्ट बैंकले मोरङ जिल्लाको केराबारी तथा बिराटचोकमा बिहीबारबाट २ वटा शाखा कार्यालयहरू सञ्चालन गरेको छ । उक्त कार्यालयहरूको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै शिवाकोटीले केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई बैकिङ सेवा नपुगेका तर सम्भावना भएका ग्रामीण तथा शहरोन्मुख क्षेत्रहरू शाखा कार्यालय विस्तार गर्न प्रोत्साह गरिरहेको बताए ।

उनले सामाजिक तथा आर्थिक रूपान्तरणकालागि देशका सबै जनतासम्म बैकिङ सेवा पुग्नु अति आवश्यक भएको उल्लेख गरे ।

बैंकका अध्यक्ष तारानाथ निरौलाले ग्रामीण क्षेत्रका जनतामा छरिएर रहेका वित्तीय स्रोतहरूलाई संकलन गरी उनीहरूलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न बैंकले प्रयास गरिरहेको बताए । यो सँगै बैंकका कार्यालयहरूको संख्या १२ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...