‘भरतपुरकाण्ड’ दोहोरिने संकेत पछी जनकपुरमा मत गन्न यसरी भयो ढिलाई,राजपा र कांग्रेसको मतपत्र च्यात्ने यस्तो छ दाउ



जनकपुर उपमहानगरपालिकामा मंगलबार दिउँसो २ बजेसम्म पनि मतगणना सुरु हुन सकेको छैन । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी त्यहाँको सुरक्षाको पूर्ण बन्दोबस्त नगरेसम्मको लागि मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जनकपुर उपमहानगरपालिकामा अहिले राष्ट्रिय जनता पार्टीका नेताहरुले आफूले चुनाव जितिसकेको भन्दै खुलेआम कुराकानी गर्दै आएका छन् । उपमहानगरपालिकामा रहेका ‘स्वीम भोटर’हरुको मत आफूतिर आउनेमा उनीहरु ढुक्क रहेका छन् । त्यस्तै, राजपाको जस्तै सोचाई जनकपुरको काँग्रेसले पनि राखेको छ ।

जनकपुरका काँग्रेसीहरु पनि त्यो मतदाताको समूहले अहिले काँग्रेसलाई भोट हाल्नेमा उनीहरु पनि ढुक्क छन् । यस्तो अवस्थामा ती समूहका मतदाताहरुले नेपाली काँग्रेसमा मतदान गरेको खण्डमा राजपाका कार्यकर्ताहरुले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा जस्तै मतपत्र च्यात्नसक्ने आशंका पनि त्यहाँ पनि मत गणना सुरु हुन नसकेको हो ।

त्यहाँ पनि अहिले वीरगञ्जमा जस्तै तारजाली लगाएर सुरक्षित रुपमा मतगणना गर्ने ठाउँ तयार पारिँदै छ । यसरी सुरक्षाको पूर्ण ग्यारेन्टी भएपछि मात्रै मतगणना सुरु गरिने जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको