कांग्रेसले ३५० मत पाउँदा राजपाको ३ मत ! एमालेले ककस्लाई पछार्यो ?



हाम्रो इकोनोमि

महोत्तरीको बर्दिबासमा नेपाली कांग्रेसले अग्रता बढाएको छ। मेयरमा कांग्रेसका प्रल्हाद क्षेत्रीले ३५० मत पाउँदा दोस्रोमा रहेका एमालेका सुरेस राउतले १५२ मत पुर्याएका छन्।
सुरूदेखि कांग्रेसले अग्रता बनाएको याे नगरमा रूख चिन्हकाे प्राप्त मत बढ्दाे क्रममा छ।
तेस्रोमा माओवादी केन्द्रका विदुर कार्की १५८ मतमा छन्।
उपमेयरमा कांग्रेसका तारादेवी महतो २५७, एमालेका कमला वाइवा २४० र माओवादीका सुशीला गौतम १८३ मतमा छन्।
प्रमुख तीनदल पछि चौथोमा राजपा रहेको छ। राजपाका मेयर अनिलकुमार बस्नेतले ३ र उपमेयर आशा लामाले २ मत पाएका छन्।

उता स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरमले मतान्तर बढाएको छ । सोमबार भएको निर्वाचनमा मध्यरातदेखि सुरु भएको मतगणनामा म‌ंगलबार विहानसम्म आइपुग्दा फोरमले मतान्तर बढाएको हो ।

दिउँसो साढे १२ को पछिल्लो तथ्यांक अनुसार कूल ८ सय मत गनेर सकिएको छ । जसमा सबैभन्दा धेरै ल्याउने फोरमले प्रमुखमा २ सय ९८ र उपप्रमुखमा पनि फोरमले नै २ सय ७८ मत ल्याएको निर्वाचन अधिकारी डिल्लीराम अधिकारीले जानकारी दिए ।

त्यस्तै, दोस्रो स्थानमा रहको नेकपा एमालेले एक सय ९७ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादीले १ सय ३३ र काँग्रेसको १ सय २८ मत आएको छ । उपप्रमुख तर्फ फोरम नेपालको २ सय ७८, एमालेको एक सय ९४, माओवादी १ सय ४० र काँग्रेसको १ सय ६० मत आएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...