महिला सहकारीको बचत रु ९१ लाख



हाम्रो इकोनोमि

पोखरा लेखनाथ नगरपालिका वडा नं ३३ मा क्रियाशील मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था, खैरेनी, भरतपोखरीले आफ्नो बचत रु ९१ लाख पु¥याएको छ ।
संस्थाको छैटौँ वार्षिक साधारणसभामा अध्यक्ष कमलादेवी आचार्यले उद्यमशीलताका आधारमा आर्थिक समृद्धितर्फ महिलालाई उन्मुख गराउने उद्देश्यका साथ क्रियाशील सहकारी संस्थामा २०६८ साल यता ६७६ जना महिला शेयर सदस्य बनिसकेकोे बताउनुभयो ।

छरिएको महिलाको सानो पूँजी बचत गरी त्यसमार्फत उद्यमशीलता विकासका कार्यक्रम अघि सारिएको उहाँले जानकारी दिनुभयो । आयआर्जन एवं उद्यमशीलताको विकासका लागि सहकारीले दूध संकलन तथा बजारीकरण, दाना चोक्कर बिक्री वितरणजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले महिलालाई संगठित गर्दै उद्यमशीलता एवं आयआर्जनका कार्यलाई अघि बढाउनु प्रशंसायोग्य भएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...