क्यानभास वाइन बजारमा



हाम्रो इकोनोमि

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन बजारम ल्याएको छ । आज एक कार्यक्रम गरी सो वाइन बजारमा ल्याएको हो । वाइनको वरिष्ठ पत्रकार किशोर नेपालले उद्घाटन गर्नुभएको थियो ।

अंगुरबाट उत्पादित उक्त वाइन चाडैँ नै नेपाली बजारमा छाउने विश्वास आफूहरुको रहेको कम्पनीका अध्यक्ष राम हरि श्रेष्ठले बताउनुभयो । यस्तै गरी मार्केटिङ प्रमुख हरि बास्तोलाले युरोपियन प्रविधिबाट वाइन उत्पादन गरेको जानकारी गराउनुभयो ।

क्यानभास वाइन उत्पादनका निम्ति भारतको नासिकबाट संकटा वाइन एण्ड वेभरेजका प्राविधिकबाट संवेक्षण गराई आयात गरेको जाकारी कम्पनीले दिएको छ । वाइनको बजार मूल्य अधिकतम रु ४९० तोकेको छ ।

संकटाले स्विट रेड, ड्राई र स्विट ह्वाइट गरी तीन भेराइटीका क्यानभास वाइन बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । निकट भविष्यमै फ्यामेली वा पार्टी प्याकको वाइन ल्याउने तयारी गरेको कार्यक्रममा कम्पनीले जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...