बनेपामा शेयर कारोबारको रकम कम



हाम्रो इकोनोमि

शेयर बजारमा आर्कषण बढ्दै जाँदा नयाँ÷नयाँ लगानीकर्ता भित्रिएको बनेपाका ब्रोकर कार्यालयमा शेयर कारोबारको रकम कम देखिएको छ ।

बनेपामा भिजन सुक्युरिटिज प्रालि ९३४०, र ४० नम्बर ब्रोकर कार्यालय क्रियाटिभ सेक्युरिटिज प्रालिले बनेपा शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम गर्दै आएका छन् ।

भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकास अधिकारीले शेयर बजारमा आएको गिरावटले आर्थिक कारोबार कम भएको उल्लेख गर्दै नयाँ÷नयाँ लगानीकर्ता केही हतास भएको बताउनुभयो । उहाँकाअनुसार बिहीबारको कारोबार अन्य दिनको तुलनामा सन्तोषजनक भएको थियो । सो शाखामार्फत यो साता रु पाँच करोड २६ लाख ५२ हजार ७०० को शेयर कारोबार भएको छ ।

गत साता उक्त ब्रोकर कार्यालयबाट तीन दिनको अवधिमा रु पाँच करोड ७२ लाख ६० हजार ९५ को शेयर कारोबार भएको थियो । क्रियाटिभ सेक्युरिटिज प्राली बनेपाले यो साता रु तीन करोड ३९ लाख ४२ हजार २१७ को कारोबार गरेको छ । गत साता सो ब्रोकर कार्यालयले तीन दिनको अवधिमा रु दुई करोड १८ लाख ९१ हजार ५९ को शेयर कारोबार गरेको थियो ।

क्रियाटिभ सेक्युरिटिज प्राली बनेपा शाखाका प्रमुख राजेन्द्र मर्हजन शेयर कारोबारमा गिरावट आएका कारण नयाँ लगानीकर्तामा उत्साह नभएको बताउनुहुन्छ । उहाँकाअनुसार बनेपा बाहेक, धुलिखेल, पनौती, भक्तपुरबाट पनि शेयर कारोबार गर्न लगानीकर्ता आएका छन् । बनेपामा यी दुई ब्रोकर कार्यालयसहित तीनवटा ब्रोकर कार्यालयले शेयर खरिद, बिक्रीको काम गर्दैआएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।...

भारतमा बजेट भाषण, १२ अर्बभन्दा बढी नेपाललाई अनुदान

    नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया...

सुनको भाउ तोलाको ३ लाख १८ हजार नाघ्यो

     नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।...