बनेपामा शेयर कारोबारको रकम कम



हाम्रो इकोनोमि

शेयर बजारमा आर्कषण बढ्दै जाँदा नयाँ÷नयाँ लगानीकर्ता भित्रिएको बनेपाका ब्रोकर कार्यालयमा शेयर कारोबारको रकम कम देखिएको छ ।

बनेपामा भिजन सुक्युरिटिज प्रालि ९३४०, र ४० नम्बर ब्रोकर कार्यालय क्रियाटिभ सेक्युरिटिज प्रालिले बनेपा शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम गर्दै आएका छन् ।

भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकास अधिकारीले शेयर बजारमा आएको गिरावटले आर्थिक कारोबार कम भएको उल्लेख गर्दै नयाँ÷नयाँ लगानीकर्ता केही हतास भएको बताउनुभयो । उहाँकाअनुसार बिहीबारको कारोबार अन्य दिनको तुलनामा सन्तोषजनक भएको थियो । सो शाखामार्फत यो साता रु पाँच करोड २६ लाख ५२ हजार ७०० को शेयर कारोबार भएको छ ।

गत साता उक्त ब्रोकर कार्यालयबाट तीन दिनको अवधिमा रु पाँच करोड ७२ लाख ६० हजार ९५ को शेयर कारोबार भएको थियो । क्रियाटिभ सेक्युरिटिज प्राली बनेपाले यो साता रु तीन करोड ३९ लाख ४२ हजार २१७ को कारोबार गरेको छ । गत साता सो ब्रोकर कार्यालयले तीन दिनको अवधिमा रु दुई करोड १८ लाख ९१ हजार ५९ को शेयर कारोबार गरेको थियो ।

क्रियाटिभ सेक्युरिटिज प्राली बनेपा शाखाका प्रमुख राजेन्द्र मर्हजन शेयर कारोबारमा गिरावट आएका कारण नयाँ लगानीकर्तामा उत्साह नभएको बताउनुहुन्छ । उहाँकाअनुसार बनेपा बाहेक, धुलिखेल, पनौती, भक्तपुरबाट पनि शेयर कारोबार गर्न लगानीकर्ता आएका छन् । बनेपामा यी दुई ब्रोकर कार्यालयसहित तीनवटा ब्रोकर कार्यालयले शेयर खरिद, बिक्रीको काम गर्दैआएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...