सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता



हाम्रो इकोनोमि

दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रु पाँच हजार दिने भएको छ । मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ । गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि महिला र बालबालिका कार्यक्रमअन्तर्गत कार्यक्रम ल्याएको उपमहानगरपालिकाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत प्रसूति सेवा सरकारकोे सूचीकृत संस्थाबाट सेवा लिएको सुनिश्चित गरिएको कागजात पेश गरी प्रसूति जाँच गरेको बच्चालाई बी।सी।जी। खोप लाएको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको छ । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम ल्याउनुको मुख्य उद्देश्य आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु निरोगी सुपोषित र स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको बताइएको छ ।

प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता पाँच हजार दुई किस्ता गरी दिइने छ । जसअन्तर्गत चारपटक गर्भ जाँच र सूचीकृत स्वास्थ्य संस्थामा ९नेपालभर या बाहिर पनि० प्रसूति सेवा लिएमा रु ९०० प्रसूति सेवा लिएका संस्थाबाट प्राप्त हुनेछ । दोस्रो किस्ता रकम रु चार हजार १०० तुलसीपुर उपमहानगरपालिकाको वडा कार्यालयबाट उपलब्ध गराइनेछ । प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता एकजना महिलालाई दुईवटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने छ ।

पाँच सय ३२ जनाको निःशुुल्क आँखाको शल्यक्रिया सेवा

यहाँको अस्पतालले ५३२ जना आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले सात दिनसम्म सञ्चालन गरेको निःशुल्क मोतियाविन्दुको आँखाको शल्यक्रिया शिविरमा ५३२ जनाको बिरामीको आँखामा मोतियाविन्दु देखिएको र उनीहरुलाई निःशुल्क शल्यक्रिया सेवा दिएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालन भएका राप्ती आँखा अस्पताल रक्षाचौरमा १२८, लमही आँखा अस्पताल ९१ र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तुमा ३३२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवालले बताउनुभयो । यसअघि अस्पतालले आँखा शल्यक्रियाका लागि कम्प्युटर प्रविधि ९फेको०बाट रु सात हजार ५०० र हाते प्रविधि ९एसआइसिएस० प्रविधिबाट मोतिविन्दुको शल्यक्रिया गरेको शुल्क रु दुई हजार ५०० लिँदै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

माधवकुमार नेपाल अस्पतालमा भर्ना

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...