दुई नम्बर प्रदेश तताउन शिर्ष नेताले कहाँ के गर्दैछन



हाम्रो इकोनोमि

स्थानीय तहमा आफ्नो उम्मेदवारका पक्षमा माहोल बनाउन पार्टीका शीर्षनेताहरू चुनावी अभियानमा सक्रिय छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु चुनावीसभालाई सम्बोधन गर्नका लागि २ नम्बर प्रदेशमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सिरहामा चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । एमाले सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई पार्टी रणनीति बनाउन २ नम्बर क्षेत्रमै केन्द्रित हुनुहुन्छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि चुनावीसभाका लागि प्रदेश नम्बर २ मै हुनुहुन्छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव केहि दिन देखि प्रदेश नम्बर दूई मै हुनुहुन्छ । यसैबिच दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको लागि कर्मचारी निर्वाचन केन्द्र पुग्ने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले कर्मचारीहरु भोलीसम्म निर्वाचन केन्द्र पुगिसक्ने जानकारी दिनुभयो ।

पर्सीदेखि मतदाता परिचयपत्र वितरणको काम शुरु हुने र मतदाता शिक्षा पनि सँगसँगै दिईने निर्वाचन आयोगले जनाएको छ । त्यसका लागि आयोगले ३१ हजारको हाराहारीमा कर्मचारी खटाएको छ । यस्तै निर्वाचन आयोगले आजै प्रदेशसभा र प्रतिनिधीसभा चुनावका लागि समानुपातिक दलहरुको सुची निकाल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...