सुन तस्कर भारतमा लुक्दै



हाम्रो इकोनोमि

सुन तस्कर को रैछ चिनौ
सुन तस्करी गर्ने मुख्य आरोपी ब्यक्ति अहिले भारतमा रहेका छन् । उनलाई भतिज नाता पर्ने माओवादी वाट प्रत्यक्ष सिन्धुपाल्चोकमा एक नम्वरमा सांसद उठेको सरल सहयात्री पौडेललले भारत छिर्नलाई सहयोग गरेका थिए । उनै सहयात्रीको योजनामा अस्ति गृहमन्त्रीलाई एक करोड रुपैयाँ बुझाएर भारत उच्च सुरक्षासहित तस्कर राजकुमारलाई भारत पुर्याएको हो । सरलले त्यही तस्करीको पैसामा अर्का तस्करीका सहयोग रामकाजी पौडेलको घर संगै ललितपुरको झरुवाराशीमा १५ करोड रुपैयाँको अति आधुनिक घर वनाईरहेको छ । जसको नक्सा पास भईसकेको छ । त्यो घर रामकाजी पौडेलको नाममा वन्दै छ । त्यहाँ वर्षामान पुनको लागि पनि यही गिरोहले घर वनाईदिएको छपौडेल परिवारका चारै दाजुभाइ तस्करीमा जोडिँदै आएका छन् । राजकुमार कान्छा हुन् । उनका दाजु बच्चु हुन्डी कारोबारमा जोडिने गरेका छन् ।
२०६९ भदौ ३० मा रक्त चन्दन तस्करीमा पक्राउ परेका ध्रुव पौडेल उनका अर्का दाजु हुन् । फुल्पिङकट्टीको स्यालाङकट्टी हुँदै ५० भन्दा बढी भरियालाई बोकाएर ६ टन रक्तचन्दन तातोपानी नाका पार गराउने क्रममा प्रहरी र तस्करबीच जम्काभेट हुँदा गोली चलेको थियो । प्रहरीको गोली लागेर विवेक श्रेष्ठको मृत्यु भएको थियो भने सहयोगी प्रताप तामाङ र बिर्खबहादुर श्रेष्ठ पक्राउ परेका थिए । उनीहरूको बयानका आधारमा ध्रुव सोही वर्ष कात्तिकमा पक्राउ परे । धु्रव फुल्पिङकट्टी गाविसका पूर्वगाविस अध्यक्षसमेत हुन् ।
जिल्लामा एमालेका चल्तापुर्जा उनी पक्राउ परेको १५ दिनमै ३० हजार धरौटी बुझाएर रिहा भए । सिन्धुपाल्चोकका तत्कालीन प्रहरी प्रमुख डिएसपी प्रतापकुमार गुरुङले रक्तचन्दन तस्करीमा धु्रवको नाम आएकाले उनलाई पक्राउ गरिएको बताएका थिए । तर उनीमाथि खरखजाना मुद्दा मात्रै चलेको थियो । त्यतिबेला पक्राउ परेका सबै भरिया जेलचलान भएका थिए । गाविस अध्यक्ष हुँदा धु्रवमाथि तिब्बती नागरिकलाई नागरिकता सिफारिस गरेको अभियोग लागेको थियो ।
उनका अर्का दाजु नारायण डलर तस्करीमा पक्राउ परेर डेढ वर्ष जेल परेका थिए । प्रायः भारतमा बस्ने नारायणले उताबाट रक्तचन्दन पठाउने र नेपालमा धु्रवसहितको सेटिङमा स्थल मार्ग हुँदै खासा पु¥याउने गरेको अनुसन्धानमा खुलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...