कसैले ब्रेक गर्न नसक्ने देउवा सरकारका यी हुन् ५४ मन्त्री,र पनि अझै खाली छ एउटा मन्त्रालय(नामावली सहित)



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पुरानो रेकर्ड तोड्दै ५४ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। सोमबार राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्रीलाई समेटेर पाँचौ पटक सरकार विस्तार गरेपछि देउवा नेतृत्वको मन्त्रिमण्डल ५४ सदस्यीय बनेको छ।
प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकका संसदीय दलका नेता दिपक बोहोरालाई विज्ञान तथा प्रविधि, उपनेता विक्रम पाण्डेलाई वन र सुनिलबहादुर थापालाई उद्योग मन्त्रालायको जिम्मेवारी दिएका छन् भने रेशम लामालाई उद्योग राज्यमन्त्री बनाएका छन्। राप्रपा प्रजातान्त्रिकका चार जना सरकारमा थपिएपछि ५० सदस्यीय रहेको मन्त्रिमण्डल ५४ सदस्यीय बनेको हो।

यसअघि २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा देउवाले ५२ सदस्यीय जम्बो मन्त्रिमण्डल बनाएका थिए, जुन त्यतिबेलाको सबैभन्दा ठूलो मन्त्रिमण्डल थियो। लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि बनेको सरकारमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले ४९ र एमाले नेता माधव नेपालले ४८ सदस्यीय मन्त्रिमण्डल बनाएपनि देउवाको २०५२ सालको रेकर्ड तोड्न सकेनन्।

प्रधानमन्त्री बनेका भट्टराईले ४९ सदस्यीय मन्त्रिमण्डल बनाउँदा त्यतिबेला भन्ने गरिन्थ्यो, देउवाले २०५२ सालमा बनाएकै जस्तो मन्त्रिमण्डल बन्यो। देशलाई आर्थिक भार थपियो। तर, गणतन्त्र स्थापनापछि बाबुरामले बनाएको रेडर्कलाई देउवाले तोडेनन् मात्रै चौथो पटक प्रधानमन्त्री हुँदा देउवाले २०५२ सालको आफ्नै रेकर्ड पनि तोडे। त्यतिबेला देउवा नेतृत्वको मन्त्रिपरिषदमा २७ मन्त्री, १६ राज्यमन्त्री र ८ सहायक मन्त्री थिए।

२२ वर्ष पुरानो आफ्नो रेकर्ड तोडेका प्रधानमन्त्री देउवाले पाँचौ पटक सरकार विस्तार गरेसँगै २९ मन्त्री र २४ राज्यमन्त्री गरी ५४ सदस्यीय बनाए। प्रधानमन्त्री देउवाले शान्ति तथा पुनर्निर्माण मन्त्रालय आफैसँग राखेका छन्।

यी हुन् ५४ मन्त्री

सम्माननीय प्रधानमन्त्री
१ श्री शेरबहादुर देउवा शान्ति तथा पुननिर्माण
माननीय उपप्रधानमन्त्री
२ श्री विजयकुमार गच्छदार सङ्घीय मामिला तथा स्थानीय विकास
३ श्री कृष्णबहादुर महरा परराष्ट्र
४ श्री गोपालमान श्रेष्ठ शिक्षा
माननीय मन्त्री
५ श्री गिरिराजमणि पोखरेल स्वास्थ्य
६ श्री ज्ञानेन्द्रबहादुर कार्की अर्थ
७ श्री फरमुल्लाह मन्सुर श्रम तथा रोजगार
८ श्री जनार्दन शर्मा गृह
९ श्री दीपक बोहरा विज्ञान तथा प्रविधि
१० श्री प्रभु शाह सहरी विकास
११ श्री सुनिलबहादुर थापा उद्योग
१२ श्री बिक्रम थापा वन तथा भू-संरक्षण
१३ श्री जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४ श्री गोपाल दहित भूमिसुधार तथा व्यवस्था
१५ श्री मोहनबहादुर बस्नेत सूचना तथा सञ्चार
१६ श्री रामकृष्ण यादव कृषि विकास
१७ श्री महेन्द्र यादव खानेपानी तथा सरसफाई
१८ श्री अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण
१९ श्री वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात
२० श्री मीनबहादुर विश्वकर्मा वाणिज्य
२१ श्री यज्ञबहादुर थापा कानुन, न्याय, तथा संसदीय मामिला
२२ श्री भीमसेनदास प्रधान रक्षा
२३ श्री सञ्जयकुमार गौतम सिँचाइ
२४ श्री राजेन्द्रकुमार के.सी. युवा तथा खेलकुद
२५ श्री टेकबहादुर बस्नेत सामान्य प्रशासन
२६ श्री शिवकुमार मण्डल केवट आपूर्ति
२७ श्री महेन्द्रबहादुर शाही ऊर्जा
२८ श्री आशा कोइराला महिला, बालबालिका तथा समाजकल्याण
२९ श्री सन्तकुमार थारु पशुपंक्षी विकास
३० श्री मिथिला चौधरी जनसङ्ख्या तथा वातावरण
माननीय राज्यमन्त्री
३१ श्री मोहम्मद जाकिर हुसेन महिला, बालबालिका तथा समाजकल्याण
३२ श्री रामसिंह यादव स्वास्थ्य
३३ श्री श्यामकुमार श्रेष्ठ गृह
३४ श्री शम्भुलाल श्रेष्ठ ऊर्जा
३५ श्री कर्णबहादुर बि.क. आपूर्ति
३६ श्री छमबहादुर गुरुङ सहरी विकास
३७ श्री गोमा कुवर पशुपंक्षी विकास
३८ श्री वाङदी शेर्पा सामान्य प्रशासन
३९ श्री सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात
४० श्री सरिता प्रसाई कृषि विकास
४१ श्री शेषनाथ अधिकारी शिक्षा
४२ श्री नरबहादुर चन्द वाणिज्य
४३ श्री अब्दुल रज्जाकगद्दी खानेपानी तथा सरसफाई
४४ श्री तप्तबहादुर विष्ट सूचना तथा सञ्चार
४५ श्री अमरसिंह पुन सिँचाइ
४६ श्री दिलमान पाख्निन कानुन, न्याय, तथा संसदीय मामिला
४७ श्री उदयशम्सेर राणा अर्थ
४८ श्री डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार
४९ श्री तेजुलाल चौधरी युवा तथा खेलकुद
५० श्री चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण
५१ श्री जनकराज चौधरी सङ्घीय मामिला तथा स्थानीय विकास
५२ श्री सुमित्रा थरुनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
५३ श्री यसोदा कुमारी लामा भूमिसुधार तथा व्यवस्था
५४ श्री रेशम लामा उद्योग
मन्त्रिपरषद् गठन र पुनर्गठनः २०७४ / ०२ / २४, २ / २८, ३ / २, ४ / ११, ५/२५

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...