पाकिस्तानमा बन्दुकधारीद्वारा चार सिया मुसलमानको हत्या



पाकिस्तानको प्रहरीका अनुसार अतिवादीहरुको एक आक्रमणमा परी चार सिया मुसलमान मारिएका छन् ।
दक्षिणपश्चिमी बलुृचिस्तान प्रान्तको क्वेटानजिकै रातभर भएको गोली प्रहारमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका प्रहरी अधिकारी मोहमद खानले सोमबार जानकारी दिएका छन् ।
मारिएका ती सिया मुसलमानहरु अफगानिस्तान र पाकिस्तानमा अल्पसङ्ख्यक मुस्लिमका रुपमा रहेका सिया हजाराका सदस्यहरु रहेको जनाइएको छ ।
यस हत्याको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । पाकिस्तान र अफगानिस्तानमा बारम्बार सुन्नी मुसलमानहरुबाट सिया मुसलमानमाथि आक्रमण हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू

भारत–पाकिस्तान दुवै देशका दूतावास अगाडि प्रदर्शन

  भारत र पाकिस्तानबीच चलिरहेको तनाव रोक्न माग गर्दै नेपालस्थित दुवै देशका दूतावास

पाकिस्तानी हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको दिल्लीको दाबी

    भारतको रक्षा मन्त्रालयले अपरेसन सिन्दूर अन्तर्गत भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा

भारतले गरेको सैन्य हमलामा १४ पाकिस्तानी मारिए

    भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए