तातोपानी साना जलविद्युत् आयोजना बेवास्ताको शिकार



अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको धरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजना बेवास्ता र लापर्बाहीको शिकार बनेको छ ।

नेपाल विद्युत् प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीको लापर्बाहीका कारण जिल्लाकै एक मात्र आयोजना लथालिङ्ग बनेको हो ।

मर्मत अभावमा वर्षांैदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको आयोजनाको भविश्य बाँध क्षेत्रमा निजी क्षेत्रद्वारा निर्माणाधीन नयाँ आयोजनाका कारण संकटमा परेको छ । नारच्याङको मिस्त्री, घलेम्दी र नीलगिरि खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले फालेको मकिङ ९सुरुङबाट निस्किएको गेगर र माटो० बाँधमा थुप्रिएपछि दुई मेगावाट क्षमताको आयोजना हाल बन्द अवस्थामा छ ।

गेगर, माटो र तार बगाएर ल्याई बाँधमा थुपारेपछि साउन महिनादेखि विद्युत् उत्पादन हुन नसकेको आयोजनाका प्राविधिक खिम पुनले बताउनुभयो । “खोलामा पानीको सतह बढेकाले बाँधमा थुप्रिएको गेगर पन्छाउन सकिएको छैन”– पुनले भन्नुभयो, “दिनभरि पन्छायो, राति फेरि थुुनिन्छ ।”

खोलाबाट सिधै सुरुङमा पानी ल्याउने गरिएको उक्त आयोजनाको बाँधमा बालुवा थिग्र्याउने पोखरी छैन् । बयालिस मेगावाट क्षमताको मिस्त्री खोला, पाँच मेगावाटको घलेम्दी खोलाको सुरुङको मकिङ र नीलगिरि खोलाको पहुँचमार्ग निर्माणका क्रममा निस्किएको माटो बाँधमा आएर थुप्रिने गरेको छ ।

“तातोपानी जलविद्युत्को बाँधभन्दा एक किमी माथि मिस्त्री खोला जलविद्युत् आयोजनाले फाल्ने मकिङ गएर बाँधमा थुप्रिन्छ”– स्थानीय बासिन्दा तोमबहादुर चोचाङ्गी मगरले भन्नुभयो, “स्थानीय बासिन्दा मर्कामा रहँदा र नेपाल विद्युत् प्राधिकरणलाई करोडौँ नोक्सानी हुँदासमेत कसैले चासो दिएका छैनन् ।”

मिस्त्री खोला र तातोपानीका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक यस विषयमा जानकारी गराउँदासमेत सुनुवाइ नभएको मगरले बताउनुभयो । नारच्याङको बाँसबोटमाथि बाँध रहेको तातोपानी आयोजनाको विद्युत्गृह धरापमा छ ।

नेपाल विद्युत् प्राधिकरणले विसं २०४६ मा निर्माण गरेको म्याग्दीको एकमात्र उक्त विद्युतगृहका टर्वाइन, जेनेरेटर लगायतका उपकरण मर्मत हुन नसक्दा ५०० किलोवाट मात्र विद्युत् उत्पादन हुने गरेको थियो । चार वटा टर्वाइन सामान्य मर्मत गरेपछि सञ्चालन गर्न सकिने प्राविधिक पुनले बताउनुभयो । जेनेरेटरमा खराबी आएका चार वटा टर्वाइन मर्मतका लागि ठूलो लगानी आवश्यकपर्ने उहाँले बताउनुभयो । तीन वटा जेनेरेटर मात्र ठीक अवस्थामा छन् ।

आयोजनाका प्रमुख लालबहादुर लम्सालले बजेट अभावमा मर्मत गर्न समस्या भएको बताउनुभयो । प्राधिकरणमा जानकारी गराए पनि बजेटको व्यवस्था नहुँदा मर्मत गर्न नसकिएको लम्सालको भनाइ छ । आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन छाडेको १० वर्ष भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
८० प्रतिशत सकियो नागढुंगा-काठमाण्डौ सुरुङमार्गको काम

    निर्माणाधीन नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ८० प्रतिशत नाघेको छ ।आयोजनाले

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंक प्रक्षेपण

    चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

कार्बन उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

     प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई