कमल थापालाई किक हानेको महिना दिन नबित्दै पशुपतिको पार्टीमा भुकम्प,६ जना सांसद किन रन्किए



हाम्रो इकोनोमि

कमल थापा नेतृत्वको राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकमा असन्तुष्टि देखिन थालेको छ । सरकारमा जाने विषमया ‘हाइ लेभल’मा सहमति गरी तीन नेताहरु दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापालाई शेरबहादुर नेतृत्वको सरकारमा पठाउने निर्णय भएपछि पूर्वराप्रपा नेपाल खेमाका नेताहरु असन्तुष्ट बनेका हुन् । हाल राप्रपा प्रजातान्त्रिकको पक्षमा १८ सांसद रहेका छन् भने ती मध्ये ६ सांसद पूर्वराप्रपा खेमाका हुन् । कमल थापाको पार्टी बाट साम्सद भएका ६ जना सहितका अन्य एक दर्जन नेता राणा संग असन्तुष्ट बनेका हुन्।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले आफूहरुलाई ‘मिनिमाइज्ड’ गरेको पूर्व राप्रपा पृष्ठभूमिका एक नेताले बताए । ‘नयाँ पार्टी निर्माणमा त्यत्रो सहयोग गर्दा अहिले सरकारमा जाने बेलामा चाहिँ मनपरी भएको छ’, ती नेताले भने, ‘तीन जनालाई मन्त्री बनाइँदा प्रत्यक्ष निर्वाचितको नाममा हामीलाई मिनिमाइज्ड गर्ने काम भएको छ ।’

स्रोतका अनुसार आइतबार बिहान बसेको पार्टी संसदीय दलको बैठकमा सरकारमा जाने विषयमा कुनै छलफल नगरी तीन जनालाई मन्त्री बनाउन लागिएको मात्रै जानकारी गराइएको थियो । बैठकमा ‘हाललाई प्रत्यक्ष निर्वाचितलाई मन्त्री बनाउने मापदण्ड बनाइएको र सोहि आधारमा बोहरा, पाण्डे र थापा मन्त्री बन्ने’ बताइएको थियो । नेतृत्वले तीन नेतालाई मन्त्री बनाउने बताएसँगै पूर्व राप्रपा नेपाल पृष्ठभूमिका नेताहरु असन्तुष्ट बनेका हुन् ।
एक सांसदले भने, ‘दुई जना प्रत्यक्ष निर्वाचितलाई बनाएर एक जना पूर्वराप्रपा पृष्ठभूमिकालाई मन्त्री बनाएका भए नेतृत्वप्रति विश्वास पैदा हुन्थ्यो । तर कुनै सरसल्लाह नै नगरी एकाएक मापदण्ड भन्दै एकपक्षीय रुपमा मन्त्री छान्नु ठीक भएन।’

तत्कालिन राप्रपा र राप्रपाबीच एकता भएको ८ महिनापछि सरकारमा सहभागिताका साथै अरु सैद्धान्तिक र वैचारिक मतभेदका कारण गत साउन २२ गते राणाले पार्टी फुटाएका थिए भने त्यसको २ सातापछि निर्वाचन आयोगबाट आधिकारिकता पाएका थिए ।
हाल राप्रपा प्रजातान्त्रिकको पक्षमा १८ सांसद रहेका छन् भने ती मध्ये ६ सांसद पूर्वराप्रपा खेमाका हुन् ।
कमल थापासँग पार्टी एकता हुँदा तत्कालिन राप्रपाका १२ सांसद थिए । जसमा बोहरा, पाण्डे र थापा निर्वाचित सांसद हुन् ।
यसैबीच राप्रपा प्रजातान्त्रिकको संसदीय दलको बैठकले बोहरालाई दलको नेता र विक्रम पाण्डेलाई दलको उपनेतामा सर्वसम्मत चयन गरेको छ । असन्तुष्टको समुहले राणालाई भेटेर कडा चुनौती दिने भएको श्रोतको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...