कमल थापालाई किक हानेको महिना दिन नबित्दै पशुपतिको पार्टीमा भुकम्प,६ जना सांसद किन रन्किए



कमल थापा नेतृत्वको राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकमा असन्तुष्टि देखिन थालेको छ । सरकारमा जाने विषमया ‘हाइ लेभल’मा सहमति गरी तीन नेताहरु दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापालाई शेरबहादुर नेतृत्वको सरकारमा पठाउने निर्णय भएपछि पूर्वराप्रपा नेपाल खेमाका नेताहरु असन्तुष्ट बनेका हुन् । हाल राप्रपा प्रजातान्त्रिकको पक्षमा १८ सांसद रहेका छन् भने ती मध्ये ६ सांसद पूर्वराप्रपा खेमाका हुन् । कमल थापाको पार्टी बाट साम्सद भएका ६ जना सहितका अन्य एक दर्जन नेता राणा संग असन्तुष्ट बनेका हुन्।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले आफूहरुलाई ‘मिनिमाइज्ड’ गरेको पूर्व राप्रपा पृष्ठभूमिका एक नेताले बताए । ‘नयाँ पार्टी निर्माणमा त्यत्रो सहयोग गर्दा अहिले सरकारमा जाने बेलामा चाहिँ मनपरी भएको छ’, ती नेताले भने, ‘तीन जनालाई मन्त्री बनाइँदा प्रत्यक्ष निर्वाचितको नाममा हामीलाई मिनिमाइज्ड गर्ने काम भएको छ ।’

स्रोतका अनुसार आइतबार बिहान बसेको पार्टी संसदीय दलको बैठकमा सरकारमा जाने विषयमा कुनै छलफल नगरी तीन जनालाई मन्त्री बनाउन लागिएको मात्रै जानकारी गराइएको थियो । बैठकमा ‘हाललाई प्रत्यक्ष निर्वाचितलाई मन्त्री बनाउने मापदण्ड बनाइएको र सोहि आधारमा बोहरा, पाण्डे र थापा मन्त्री बन्ने’ बताइएको थियो । नेतृत्वले तीन नेतालाई मन्त्री बनाउने बताएसँगै पूर्व राप्रपा नेपाल पृष्ठभूमिका नेताहरु असन्तुष्ट बनेका हुन् ।
एक सांसदले भने, ‘दुई जना प्रत्यक्ष निर्वाचितलाई बनाएर एक जना पूर्वराप्रपा पृष्ठभूमिकालाई मन्त्री बनाएका भए नेतृत्वप्रति विश्वास पैदा हुन्थ्यो । तर कुनै सरसल्लाह नै नगरी एकाएक मापदण्ड भन्दै एकपक्षीय रुपमा मन्त्री छान्नु ठीक भएन।’

तत्कालिन राप्रपा र राप्रपाबीच एकता भएको ८ महिनापछि सरकारमा सहभागिताका साथै अरु सैद्धान्तिक र वैचारिक मतभेदका कारण गत साउन २२ गते राणाले पार्टी फुटाएका थिए भने त्यसको २ सातापछि निर्वाचन आयोगबाट आधिकारिकता पाएका थिए ।
हाल राप्रपा प्रजातान्त्रिकको पक्षमा १८ सांसद रहेका छन् भने ती मध्ये ६ सांसद पूर्वराप्रपा खेमाका हुन् ।
कमल थापासँग पार्टी एकता हुँदा तत्कालिन राप्रपाका १२ सांसद थिए । जसमा बोहरा, पाण्डे र थापा निर्वाचित सांसद हुन् ।
यसैबीच राप्रपा प्रजातान्त्रिकको संसदीय दलको बैठकले बोहरालाई दलको नेता र विक्रम पाण्डेलाई दलको उपनेतामा सर्वसम्मत चयन गरेको छ । असन्तुष्टको समुहले राणालाई भेटेर कडा चुनौती दिने भएको श्रोतको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस
अहिले सरकार ढल्ने कुनै सम्भावना छैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा

अमेरिकाले रोक्यो वैदेशिक अनुदान

    अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी