आचार संहिता उल्लंघनले सीमा नाघ्यो,कुन-कुन पार्टीका उम्मेदवार परे कारबाहीमा?



प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन प्रचार प्रसारका क्रममा व्यापकरूपमा आचार संहिताको उल्लंघन भएको छ । आचार संहिताविपरित भड्किलो प्रचार प्रसारमा उत्रिएका कैयौँ उम्मेदवारले भारतीय नम्बर प्लेटका गाडीसमेत प्रयोग गरिरहेका छन् । बालबालिकाको पनि प्रयोग भएको छ ।

मनोनयन दर्ताका क्रममा विभिन्न राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेको पाइएपछि निर्वाचन आयोगले सचेत गराउँदै आएको छ । मनोनयन दर्ता हुनुभन्दा पहिलेदेखि नै पार्टीका झण्डा, ब्यानरलगायतका सामग्रीको प्रयोग आचार संहिताविपरीत भएको आयोगको भनाइ छ । आयोगले आचार संहिता पालना अनुगमन गर्न आयुक्तहरूलाई नै खटाएको छ ।

चुनावी प्रचार प्रसारको नाउँमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसहितका दल आयोगले जारी गरेको निर्वाचन आचार संहिता मिच्दै बालबालिकाको प्रयोग गरेका छन् ।

निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले उपप्रधानमन्त्रीसमेत रहेका विजयकुमार गच्छदार र ऊर्जा राज्यमन्त्री अमरसिंह पुनसँग शनिबार स्पष्टीकरण मागेको छ । पदीय दुरुपयोग गरेर निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपमा आयोगले शनिबार २४ घण्टाभित्र लिखित जवाफ दिन उनीहरूलाई निर्देशन दिएको छ । ‘आचार संहिता उल्लंघन गरेको विषयमा किन कारबाही नगर्ने ?’ भन्ने प्रश्न दुवै मन्त्रीलाई पठाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट वीरगन्ज महानगरका उम्मेदवार विमलकुमार श्रीवास्तवलार्ई पनि स्पष्टीकरण सोधेको छ ।

वीरगन्ज महानगरपालिकाको निर्वाचन प्रचारका क्रममा उपप्रधानमन्त्री गच्छदारसहित नेपाल लोकतान्त्रिक फोरम पार्टीका नेता कार्यकर्ताले आचार संहिताविपरीत गाडी र मोटरसाइकलसहित ¥याली निकालेको आयोगको भनाइ छ ।

राज्यमन्त्री पुनले बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचारप्रसार गर्दै हिँडेको भन्ने उजुरीको आधारमा छानबिन गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रवक्ता ढकालका अनुसार गच्छदार र उनीसम्बद्ध नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा २०–२५ वटा गाडी र १०० भन्दा बढी मोटरसाइकलसमेतको ¥याली÷जुलुस निकाली निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

निर्वाचन आचार संहिता, २०७२ को दफा ५(१३) र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ को दफा ४ (क) विपरीत गाडी तथा मोटरसाइकलको ¥याली निकालेर गच्छदारले निर्वाचन आचार संहिता उल्लंघन गरेको देखिएकाले २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय आयोगले गरेको हो ।

आचार संहिता उल्लंघन गर्नेमा सत्तारुढ र विपक्षी दल दुवैका उम्मेदवार छन् । निर्वाचन आचार संहिताविपरीत कार्य हुँदासमेत निर्वाचन आयोग मूकदर्शक बनेको भन्दै सर्वत्र आलोचना भइरहेको समयमा आयोगले मन्त्रीहरूलाई नै स्पष्टीकरण सोधेको हो । आचार संहिताविपरीत एकैजना उम्मेदवारले कैयौं सवारीसाधन प्रयोग गरिरहेका छन् । आयोगले यसअघि मुख्य विपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई चुनावी प्रचारप्रसारका क्रममा बारामा पार्टीको चिहृन अंकित टोपी र टिसर्ट प्रयोग गरेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

प्रमुख निर्वाचन आयुक्त यादवले राजनीतिक दललाई आचार संहिता पालना गर्न आग्रह गरे पनि दलहरू चुनावी प्रचार प्रसारको होडबाजीमा आचार संहिता लत्याउँदै आएका छन् । चुनावी आचार संहिताविपरीत राजनीतिक दलले झण्डा लगाउनेदेखि जुलुसमा समेत बालबालिका प्रयोग गरेको पाइएको छ । आयोगले पटकपटक निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गर्दै आएको छ ।

आचार संहिता उल्लंघनका घटना गर्ने दलहरूलाई कारबाही गर्ने मुख्य प्रवक्ता ढकालले बताए । ‘पछिल्लो समय आचार संहिता उल्लंघनका धेरै उजुरी आइरहेका छन्,’ उनले भने, ‘हामी उजुरी छानबिन गर्दै आवश्यक देखिए स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारीमा छौँ ।’ उनका अनुसार आयोगमा आचार संहिता उल्लंघनका करिब १५० उजुरी परेका छन् । त्यसमध्ये १५ जति उच्चतहका व्यक्तिसँग सम्बन्धित र स्पष्टीकरण सोध्नुपर्ने किसिमका छन् । आयोगले प्रायः उजुरीलाई सहमतिमै टुंग्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय