राजस्वमारा चूडामणीको ५० करोड लिएर २ नम्बर प्रदेशमा लगानी गर्दै प्रचण्ड,चुनाबका नाममा कहाँ-कहाँ बाट कति उठाए प्रचण्डले?



माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले राजस्वमारा चुडामणी शर्मा संग पैसा लिएर असोज २ गते हुने २ नम्बर प्रदेशको चुनाबमा पैसाको खोलो बगाएको तथ्य खुलेको छ। २१ अर्ब राजस्व हिनामिना गरेको आरोप सहित अख्तियारले नियन्त्रणमा लिएका शर्मालाई अदालतको सहायतामा छुटाएर मुद्धा जिताईदिने शर्तमा प्रचण्डले शर्मा संग ठुलो रकम लिएको र त्यसैलाई प्रयोग गरेर चुनाब जित्न लागिपरेको तथ्य बाहिरिएको हो।पररास्ट्र मन्त्री कृष्ण बहादुर महरा र बर्षमान पुन मार्फत ५० करोड भन्दा बढी शर्माले प्रचण्डलाई दिएका हुन्।नगद बाहेक राजस्वमारा उदधोग बाट चामल सहितका दैनिक उपभोग्य बस्तु समेत शर्माले प्रचण्डलाई दिएको र त्यहि सामग्री प्रचण्डले राहतका नाममा वितरण गरेको खुलेको हो।

यसैलाई पुष्टी गर्दै बाबुराम भट्टराईले एक ट्वीट गर्दै प्रचण्डले एनसेल, चिनियाँ कम्पनी गेजुवा र आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएर छुटेका चूडामणि शर्मासँग कमिसन लिएको आरोप समेत लगाएका छन् ।

‘चुनावको वेला मधेससंग लभ १ सत्ताको निम्ति बाह्य शक्तिकेन्द्रसँग लभ ! कमिसनका निम्ति एनसेल–गेजुवा–चुडामणिसंग लभ ! कलियुगका कृष्णको लीला अपरम्पार छ !’ नेता भट्टराईले ट्वीटरमा भनेका छन् ।

‘मतदाता रिझाउने क्रममा दाहाल रौतहटमा’ शीर्षकको समाचार ‘रि–ट्वीट’ गर्दै भट्टराईले प्रचण्डविरुद्ध यस्तो आरोपसमेत लगाउन भ्याए । एनसेलले प्रचण्डलाई चुनाबी खर्च भनेर २० करोड दिएको छ त्यस्तै चिनियाँ कम्पनी गेजुवाले अहिले १० करोड दिने र चितवनमा अरबौको लगानी गर्ने प्रतिबद्वता जनाएको छ। चिनियाँ कम्पनी गेजुवाले लगानी गर्ने भए पछी प्रचण्ड आगामी चुनाबमा चितवनबाट चुनाब लड्ने भएका हुन्। चितवन बाट चुनाब लड्ने घोषणा गर्दै उनले चिनियाले सहयोग गर्ने सार्वजनिक रुपमा बताएर यसको पुष्टी गरिसकेको छन्।

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम