देउवालाई चीनले भ्रमणको निम्तो दिए लगत्तै भारतको चासो,देउवाको भ्रमण रोक्न के गर्दैछन भारतीय राजदूत



हाम्रो इकोनोमि

उत्तरी छिमेकी चीनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्तो दिएको छ । चीन भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा मार्फत चीनले देउवालाई भ्रमणको निम्तो दिएको हो ।

प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँग बिहीवार भएको भेटमा चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निमन्त्रणा दिएका राष्ट्रिय समाचार समितिले जनाएको छ । यसैगरी महराले चीनका राष्ट्रपति सि चीनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएका छन् ।

ह्लासा–काठमाडौँ रेलमार्ग प्रक्रिया अगाडी बढाइने यसैबीच, चीनले ह्लासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अघि बढाउने भएको छ ।

चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमका बारेमा आफूले नेपालका सबै प्रमुख दलका नेतासँग परामर्श गरेर साझा र सकारात्मक धारणा लिएर आएको विश्वास दिलाएपछि चिनियाँ प्रधानमन्त्री खछ्याङले हवाइ र रेलमार्गको सम्पर्क सञ्जालसम्बन्धी विगतमा भएका समझदारीलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा दुई देशबीच व्यापार र पारवहन सम्झौता भएको थियो । देउवालाई चीनले निम्तो दिएको थाहा पाए पछी भारतीय राजदूतले चासो ब्यक्त गरेको र चीन नजान आग्रह गर्न आफुलाई भारतीय विदेश मन्त्रालयले खबर पठाएको भन्दै भारतीय राजदूत मंझिभ सिंह पुरीले खबर पठाएका छन।श्रोतका अनुसार भारतलाई बेखुसी पार्दै देउवा चीन नजाने मनस्थितीमा पुगेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...