यसरी बनाईदैछ राजधानीमै कुकुर बुद्धाश्रम,१२ रोपनी जग्गामा कति कुकुर रखिदैछ?



हाम्रो इकोनोमि

भुस्याहा कुकुरका लागि बुद्धाश्रम, संसारमा छ कि छैन,त्यो अर्कै कुरा भयो तर काठमाडौंंमा भने भुस्याहा कुकुरका लागि बुद्धाश्रम बन्ने भएको छ । पशु स्रोत केन्द्र नामाकरण दिइएको कुकुर बृद्धाश्रम बनेपछी भने नेपालमा दुईथरि बृद्धाश्रम हुनेछ ।

एक मानिसको, अर्को कुकुरको । युवाजति विदेश जाने भएपछि नेपालमा कि बालक, कि बृद्धामात्र रहने छन् । विदेश गएकाहरुले नेपालमा बृद्धाश्रम बनाउन चन्दा पठाएको पठायै छन् । बृद्धाश्रम नेपाल पो बन्ने भयो ।
विगत एक दशकदेखि ‘कुकुर वृद्धाश्रम’का लागि वकालत गरिरहेको एउटा समूह यही योजनामा लागिरहेको छ । यो समूह भन्छ– अबको एक वर्षमा यस्तो पशु स्रोत केन्द्र खुल्नेछ ।

पशु कल्याणका क्षेत्रमा कार्यरत एनिमल नेपाल नामक संस्था बुढेसकाल लागिसकेका र घाइते अवस्थामा सडकमा भौंतारिरहेका कुकुरहरूलाई आश्रय उपलब्ध गराउने प्रमुख उद्देश्यका लागि पशु स्रोत केन्द्र स्थापनाको तयारीमा छ ।
करिब एक करोड रुपैयाँ खर्चिएर संस्थाले ललितपुर जिल्लाको दक्षिणी भेगमा रहेको डुकुछापमा १२ रोपनी जग्गा किनेको छ । यही जग्गामा कुकुर बुद्धाश्रम बन्ने तैयारी सुरु भइसकेको छ । यस कार्यका लागि एनिमल नेपालले थप आर्थिक सहयोगको आह्वान पनि गरेको अभियानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...