यसरी बनाईदैछ राजधानीमै कुकुर बुद्धाश्रम,१२ रोपनी जग्गामा कति कुकुर रखिदैछ?



हाम्रो इकोनोमि

भुस्याहा कुकुरका लागि बुद्धाश्रम, संसारमा छ कि छैन,त्यो अर्कै कुरा भयो तर काठमाडौंंमा भने भुस्याहा कुकुरका लागि बुद्धाश्रम बन्ने भएको छ । पशु स्रोत केन्द्र नामाकरण दिइएको कुकुर बृद्धाश्रम बनेपछी भने नेपालमा दुईथरि बृद्धाश्रम हुनेछ ।

एक मानिसको, अर्को कुकुरको । युवाजति विदेश जाने भएपछि नेपालमा कि बालक, कि बृद्धामात्र रहने छन् । विदेश गएकाहरुले नेपालमा बृद्धाश्रम बनाउन चन्दा पठाएको पठायै छन् । बृद्धाश्रम नेपाल पो बन्ने भयो ।
विगत एक दशकदेखि ‘कुकुर वृद्धाश्रम’का लागि वकालत गरिरहेको एउटा समूह यही योजनामा लागिरहेको छ । यो समूह भन्छ– अबको एक वर्षमा यस्तो पशु स्रोत केन्द्र खुल्नेछ ।

पशु कल्याणका क्षेत्रमा कार्यरत एनिमल नेपाल नामक संस्था बुढेसकाल लागिसकेका र घाइते अवस्थामा सडकमा भौंतारिरहेका कुकुरहरूलाई आश्रय उपलब्ध गराउने प्रमुख उद्देश्यका लागि पशु स्रोत केन्द्र स्थापनाको तयारीमा छ ।
करिब एक करोड रुपैयाँ खर्चिएर संस्थाले ललितपुर जिल्लाको दक्षिणी भेगमा रहेको डुकुछापमा १२ रोपनी जग्गा किनेको छ । यही जग्गामा कुकुर बुद्धाश्रम बन्ने तैयारी सुरु भइसकेको छ । यस कार्यका लागि एनिमल नेपालले थप आर्थिक सहयोगको आह्वान पनि गरेको अभियानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...