दशैँ नजिकिदै जाँदा गुण्डागर्दी फस्टाए पछी प्रहरीले सक्रियता बढायो,उपत्यकाका यी-यी ठाउमा गुण्डाको यस्तो आतंक



प्रहरीका अनुसार ठमेल, स्वयम्भु, बौद्ध, सोह्रखुट्टे लगायतका क्षेत्र गुन्डागर्दीमा कहलिएका ठाउँ हुन्। तर नयाँ बस्तीहरुको विकास भएसँगै गुन्डागर्दी गर्ने क्षेत्र पनि फेरिएका छन्। उपत्यकाभित्रका भित्री ठाउँमा अहिले गुन्डागर्दी गर्नेहरुको संख्या ह्वात्तै बढेको छ। स्थापित गुन्डाहरुले पनि यस्तो स्थानमा आफूलाई स्थानान्तरण गरेको एक प्रहरी अधिकारी बताउँछन् ।

काठमाडौंको नयाँ बस्ती, कपन, बुढानिलकण्ठ, धापासी, नयाँबसपार्क, बालाजु, बाफल, कालिमाटी, थानकोट, कोटेश्वर क्षेत्र पछिल्लो समय गुन्डागर्दी हुने र गुन्डागर्दीमा सक्रिय टोलेदेखि नाइके गुन्डाहरुको बसोवास हुने गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाको रेकर्डले देखाउँछ।

भक्तपुरमा गौतम भन्ने एक व्यक्तिले गुन्डा आतंक मच्चाएका छन्। एक प्रहरी अधिकृत भन्छन् ‘पछिल्लो समय यी ठाउँहरुमा नयाँ बस्ती बसेकाले गुन्डागर्दी गर्न र बसोबासको लागि लाग्ने गरेका हुन्। यस्ता बस्तीमाहरुमा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोटलगायतका मानिसको बसोबास बढिरहेको छ।’
मंगोलियन बस्ती बढी भएको स्थानमा गुन्डागर्दी गर्नेहरुको बसोबास भएको प्रहरी अधिकृत बताउँछन्। लेखपढ नै नगर्ने युवाहरु साना–तिना चोरीदेखि सुरु गरेर गुन्डागर्दीमा लाग्ने गरेको उनले बताए। यसरी गुन्डागर्दीमा सक्रिय १६ देखि २५ वर्ष उमेर समूहका युवा बढी रहेका छन्।

दुई साताअघि प्रहरीले महाजगञ्जबाट गुन्डा नाइके चक्रे मिलनलाई पक्राउ गर्यो। मिलन लामो समयदेखि चक्रपथ क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका कहलिएका गुन्डा हुन्। गुन्डा नाइके दिपक मनाङे, गणेश लामा, समीरमान बस्नेत, राजु गोर्खाली प्रहरीका नजरमा चिरपरिचित गुन्डा नै हुन्। गणेश लामा, दिपक मनाङेले त अहिले राजनीतिक दलमा प्रवेश गरेर नै राजनीतिमा लागेका छन् तर पनि काठमाडौँमा नयाँ प्रहरी प्रमुख आए लगत्तै उनीहरु प्रकाउ पर्ने गरेका छन्।

प्रहरीभित्र नै सस्तो लोकप्रियताका लागि यस्तो भइरहेको भन्दै आलोचनासमेत हुने गरेको छ। ८ महिनाअघि महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख भएर आएका एसएसपी छविलाल जोशीले त १६० जना गुन्डाको सूची नै बनाएर हप्ता विराउँदै पक्राउ गरे। सार्वजनिक अपराध अन्तर्गत केही दिन जेलमा बसेर उनीहरु छुटे। उनीहरु जेलमा भए पनि बाहिर गुन्डागर्दी कम भएको थिएन।

महानगरीय अपराध अनुसन्धान महाशाखाले अहिले भने नयाँ गुन्डाको पहिचान गर्नेका लागि प्रहरी खटाएको छ। महाशाखाका एक प्रहरी अधिकारी भन्छन् ‘अहिले नयाँ पुस्ताका गुन्डाहरु देखा परेका छन् सधै पुरानाको पछाडि लागेर मात्र हुदैन।’

उपत्यकाभित्रका तीन जिल्लामध्ये काठमाडौंमा सवैभन्दा बढी अपराध हुने जिल्लामा पर्दछ। राजधानीका ठमेल, नयाँबजार, सामाखुसी, चक्रपथ, गोगंबु, कलंकी, सुन्धारा, दरबारमार्ग, गौशाला, बौद्धलगायतका क्षेत्रमा सवैभन्दा बढी अपराध हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। फाइल तस्बिर कुमार घैटे

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्